जन्मदर्ता गर्दा मावली थर लेख्ने परिपत्र सच्याइयो
नेपालबहस संवाददाता
चैत २६, २०७९ आइतबार १८:३०:६
२६ चैत, काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बच्चाको जन्म दर्ता मावली थर प्रयोगबाट गर्न सकिने गरी ल्याएको प्रावभधान सच्याएको छ । विभागले ‘मावली थर’ राख्ने भनी व्यवस्था भएको ठाउँमा ‘बच्चा जन्मिँदा कायम आमाको थर र ठेगाना’ राख्न भनी सच्याएको हो ।
विभागले आइतबार परिपत्र सच्याएको हो । हालै मात्र विभागले स्थानीय तहलाई परिपत्र गरेर बाबुको ठेगाना खुल्न नसकेका बच्चाको जन्म दर्ता मावलीको थरबाट गर्न बनेको थियो । तर पछिल्लो पटक भने विभागले बच्चा जन्मिँदा कायम आमाको थर प्रयोग गर्ने भनिएको छ ।
पिताको थर खुल्न नसकेको अवस्थामा आमाको थरको सट्टा मावली थर राखेर बच्चाको जन्मदर्ता गरिदिने गरी यसअघि भएको परिपत्र आलोचित भएपछि विभाग पत्र सच्याउन विवश भएको हो । नयाँ व्यवस्थाअनुसार गर्न परिपत्र भइसकेको विभागले जनायो ।
नयाँ परिपत्रमा एकल आमाका बच्चालाई ‘पितृत्वको ठेगान नभएको’ भन्ने भाषा पनि हइटाएको छ । साथै आमा बुवाको सम्बन्ध विच्छेद भएर आमासँगै रहने बच्चाको जन्मदर्ता बाबुको ठेगानामा भएको रहेनछ भने आमाकै हालको ठेगाना कायम गर्न विभागका महानिर्देशक एवं केन्द्रीय पञ्जिकाधिकारी (रष्ट्रिार) रुद्रप्रसाद पण्डितले आइतबार देशभरका ६ हजार ७४३ वडा कार्यालयहरुलाई जारी गरेका परिपत्रमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलालझाडीमा जङ्गली हात्तीले आतंक मच्चायो
मंसिर १०, २०८१ सोमबार
धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी
मंसिर १०, २०८१ सोमबार
बादी समुदायको पुर्ख्यौली पेसा संकटमा
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
'बीबी माइनस' को ग्रेड प्राप्ति नेपालका लागि सञ्जीवनी बुटीः सीबीफिन
मंसिर १०, २०८१ सोमबार
नवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
सुदूरपश्चिम रोयल्सका विदेशी खेलाडी मेन्टर हज नेपालमा
मंसिर १०, २०८१ सोमबार
अपहरण गरी २ लाख फिरौती मागेको आरोपमा बीरगञ्जमा दुई जना पक्राउ
मंसिर १०, २०८१ सोमबार