रौतहटमा लागेकाे भीषण आगलागी २ घण्टापछि नियन्त्रणमा
नेपालबहस संवाददाता
चैत २६, २०७९ आइतबार १८:३५:१४
२६ चैत, रौतहट । रौतहटमा भीषण आगलागी हुँदा २१ घर पूर्णरुपमा जलेर नष्ट भएका छन् । प्रहरीका अनुसार माधवनारायण नगरपालिका–४ मानपुरको बिसुनपुर्वा गाउँमा आइतबार भीषण आगलागीमा २१ घर जलेर नष्ट भएका हुन् । प्रहरीका अनुसार आगलागीमा मानवीय क्षति नभए पनि पशु र खाद्यान्न लगायत लत्ताकपडा, नगद र गरगहना जलेर क्षति पुगेको छ ।
मानपुरका स्थानीय जिउत मुखिया विनको घरबाट सल्किएको आगो क्रमशस् अन्य २० घरमा पुगेको थियो । जितउको घरमा खाजा बनाउन लाग्दा आगो सल्किएको हुनसक्ने आशंका गरिएको छ । प्रहरीका अनुसार आगलागीको कारण खुलिनसकेको छैन । आगलागीबाट भएको क्षतिको विवरण आउन बााकी छ ।
आगलागीमा मानवीय क्षति नभए पनि केही खसी, बाख्रा मरेका छन् । आगलागी झण्डै २ घण्टापछि नियन्त्रणमा आएको थियो । सुरक्षाकर्मी र स्थानीयहरू मिलेर वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिएका हुन् । आगलागी हुना साथ प्रहरी र दमकललार्य खबर गरेपनि समयमा दमकल नपुग्दा ठूलो क्षति भएको स्थानियले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभूमिहीन सुकुम्बासीलाई जग्गाधनी लालपुर्जा बाँड्ने प्रक्रिया सुरु
चैत १४, २०८० बुधबार
यामाहाको स्पेयर पार्ट शोरुममा आगलागी, ६ करोड बढीको क्षति
चैत १३, २०८० मंगलबार
आस र डर त्रासमा कांग्रेस, के हो देउवा र रविको भित्री कुरा ?
केदार भट्टराई (काका)
चैत १२, २०८० सोमबार
टेरामक्स रोक्ने मुख्यसचिवको दौड, किन हच्किए राई ?
नेपालबहस संवाददाता
चैत १२, २०८० सोमबार
नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन
चैत १५, २०८० बिहिबार
रञ्जिताको इच्छाविपरित सुदूरपश्चिममा नाउपाका ५ मन्त्री
चैत १५, २०८० बिहिबार
राप्रपाले इलाममा लक्ष्मी गुरूङलाई बनायो उम्मेदवार
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
ठूलो दुर्घटनाबाट जोगियो श्री एयरको जहाज, ७७ यात्रु सुरक्षित
चैत १५, २०८० बिहिबार
के तपाईलाई थाहा छ, शेर र शेरनीमा को बढी खतरनाक हुन्छ ?
चैत १५, २०८० बिहिबार