एकल महिलाका सन्तानको आमाकै नामबाट जन्मदर्ता गर्नूः गृह मन्त्रालय
नेपालबहस संवाददाता
चैत २६, २०७९ आइतबार २२:११:५६
२६ चैत, काठमाडौं । एकल महिलाबाट जन्मेका बच्चालाई मावलीतर्फको थर बाट जन्मदर्ता प्रदान गर्ने भनी सरकारले जारी गरेको यसअघिको परिपत्रलाई आइतबार सच्याइएको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकल महिलाबाट जन्मिएका बच्चाको जन्मदिने आमाकै थर र ठेगानाबाट जन्मदर्ता गर्न परिपत्र जारी गरेको छ ।
यसअघि चैत २२ गते विभागले मावलीको थरबाट जन्मदर्ता गर्न परिपत्र गरेको थियो । त्यो परिपत्रको व्यापक आलोचना भएको थियो । आज जारी आठबुँदे परिपत्रमा एकल महिलाबाट जन्म भएको तर पितृत्वको ठेगान नलागेको बच्चाको जन्मदर्ता गर्दा आमाको थर र स्थायी ठेगाना राखी जन्मदर्ता गरिदिने उल्लेख छ । विभागले ‘मावली थर’ को सट्टा ‘बच्चा जन्मिँदा कायम आमाको थर र ठेगाना’ भनी उल्लेख गरेको छ ।
यस्तै, विवाह अघि बच्चाको जन्म भएको एकल महिलाले विवाह गरी पतिको ठेगानामा सँगै बसेको अवस्थामा आमा सूचक भई बच्चा जन्मँदा कायम भएको आमाको थर राखी हालको स्थायी ठेगानामा जन्मदर्ता गरिदिन र यदि बच्चा मावलीमा बसेको भए सोही ठेगानामा जन्मदर्ता गरिदिन भनेको छ ।
गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले चैत २२ गते स्थानीय पञ्जिकाधिकारीहरुलाई परिपत्र जारी गर्दै ‘मावली थर’ राख्ने व्यवस्था गरिएकोमा ‘बच्चा जन्मिँदा कायम आमाको थर र स्थायी ठेगाना राखी जन्मदर्ता गरिदिने’ भनी सच्याएको हो ।
आमाको थरको सट्टा मावली थर राखेर बच्चाको जन्मदर्ता गरिदिने भन्ने अघिल्लो परिपत्रपछि सार्वजानिक टिकाटिप्पणी भएपछि विभागले सच्याएको हो । विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितले हस्ताक्षर गरी आइतबार जारी गरेको परिपत्रमा भनिएको छ, ‘बच्चाको जन्म दिने आमाको लैंगिक भूमिकालाई उच्च सम्मान गर्दै संविधानअनुसार प्रत्येक बालबालिकालाई आफ्नो पहिचानसहित नामकरण र जन्मदर्ताको हक संरक्षण गर्न परिपत्रका सम्बन्धमा थप स्पष्ट पारिएको छ ।’
सच्याइएको परिपत्रमा सम्बन्ध विच्छेद भई आमासँग रहने छोराछोरीको सन्दर्भमा आमाको हालको स्थायी ठेगानाबाट, कारागारमा सजाय भोगिरहेका महिलाबाट जन्मिएको बच्चाको जन्मदर्ता गर्दा आमाकै स्थायी ठेगाना भएको वडा कार्यालयबाट, बालविवाह, बहुविवाहबाट जन्मेका बच्चाको कानुनबमोजिम तथा मातृत्व÷पितृत्व पत्ता नलागेको, कुनै पनि परिवार नभएको प्रमाणित भएमा संरक्षकले दिएकै ठेगाना, नाम र थर राखी जन्मदर्ता पाउने बुँदाहरू थप गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्युतीय प्रणालीको समस्याले गर्दा तत्काल नेपाल र विदेशस्थित नियोगबाट पनि राहदानी वितरण बन्द
मंसिर ७, २०८१ शुक्रबार
अन्तरिम आदेशपछि लोक सेवा आयोगले स्थगित गर्यो ४९ उपसचिव पदमा बढुवाको प्रक्रिया
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार