स्वास्थ्यचौकी निर्माणका मजदुरले तीन वर्षदेखि पारिश्रमिक नपाएको गुनासो
नेपालबहस संवाददाता
चैत २७, २०७९ सोमबार ११:४१:२३
२७ चैत, खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित स्वास्थ्यचौकीको भवन निर्माणका क्रममा काम गरेका ज्यालादारी कामदारले तीन वर्ष पुग्न लाग्दा समेत पारिश्रमिक पाएका छैनन् । २०७७ साल असार मसान्तमै सम्पन्न भएको स्वास्थ्यचौकीको भवन निर्माणका क्रममा श्रम र पसिना बगाएका कामदारले हालसम्म ठेकेदार कम्पनी सुबेदी–चम्पेश्वर जेभी, काठ्माडौंबाट पारिश्रमिक नपाएका हुन् । सुवेदी–चम्पेश्वर जेभीका रुपचन्द्र खनाल, कृष्ण आचार्य, आदर्श ढकाल लगायतका ठेकेदारले काम लगाएर पारिश्रमिक दिन आलटाल गरेको कामदारको गुनासो छ ।
सुवेदी–चम्पेश्वर जेभीका प्रतिनिधि गैर–जिम्मेवार बनेकाले हालसम्म नौ लाख २० हजार १५० रुपैयाँ पारिश्रमिक नपाइएको कामदारको अगुवाई गरेका टंकराज राईले बताए । भवन बनेपछि टंकराजको नेतृत्वमा स्थानीय कामदारले भवनमुनि जाली वाल, भवनको कुलेसोमाथि मेसिनरी वाल, नालीपेटी, तार घेराबारा, शौचालयको हज, रंगरोगन लगायतका बाहिरि संरचनाको काम गरेका थिए । तर, श्रम गरेवापतको पारिश्रमिक तथा होटलको खाना खाजा वापतको पैसा हालसम्म भुक्तानी नभएको होटल सञ्चालक भविन्द्र राईले बताए ।
सुरुमा सुवेदी–चम्पेश्वर जेभीले कामदारलाई १५ लाख दिन बाँकी राखेको थियो । संघर्ष समिति बनाएर आवाज उठाउँदै जाँदा क्रमशः नौ लाखमा झारेको हो । घरको दुःख टार्नका लागि दिनरात गरेको श्रमको मूल्या वर्षौंसम्म नपाउँदा कामदार निराश छन् । बाँकी पारिश्रमिक नपाएको आक्रोशमा स्वास्थ्यचौकीमा तालाबन्दीदेखि प्रशासन पुगेर हारगुहार माग्दा पनि माग पुरा नभएपछि कामदार थकित बनेका छन् । हाल ठेकेदारलाई फोन गर्दा नउठाउने, उठाए पनि ‘नचिन्ने’ र ‘थाहा नभएको’ बताउने गरेका छन् ।
ठेकेदारलाई झिकाएर बाँकी पारिश्रमिक दिलाउन माग गर्दै २९ कामदारले २०७७ भदौ ३० गते वडाध्यक्ष तथा स्वास्थ्य समिति समक्ष निवेदन दिएका थिए । ठेकेदारले पारिश्रमिक दिन बेवास्ता गरेपछि कामदारले २०७७ चैत ३ गते हरिबहादुर बुढाथोकीको संयोजकत्वमा संघर्ष समिति गठन गरेको थियो । कामदारको निवेदन परेपछि तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारी बिकल श्रेष्ठले आवश्यक कारबाहीका लागि २०७८ बैसाख ९ गते सघन शहरी विकास तथा भवन निर्माण आयोजना समक्ष पत्राचार गरेको थियो ।
पारिश्रमिक नपाएको आक्रोशमा कामदारले २०७८ असार १४ गते स्वास्थ्यचौकीमा ताला लगाएका थिए । बाँकी भुक्तानी दिलाइदिन माग गर्दै २०७८ असार ९ गते होटल सञ्चालकले पनि ठेकेदार विरुद्ध प्रशासन समक्ष निवेदन दिएका थिए ।
स्थानीय तहलाई हस्तान्तरण नगरी भवन सञ्चालन
फिनिसिङ नहुँदै स्वास्थ्यचौकी राजापानीको भवन नगरपालिका र वडा कार्यालयलाई हस्तान्तरण नगर्दै सञ्चालनमा ल्याएको पाइएको राजापानीका वडाध्यक्ष अनिश कार्कीले बताए । भवनको प्रांगण पुःननिर्माण गर्नुपर्ने गरी चर्केर भासिएको छ । प्रांगण चर्किँदा कम्पाउण्ड पनि भासिएको छ ।
भवनको टपमा सोलार प्यालन जडान नगरी राखिएको छ । छतमा राखिएको ट्यांकीमा जम्मा गरिएको पानी अन्यत्र लिक हुँदा स्वाथ्यचौकीभित्रका धारामा पानी नआउने समस्या छ । शौचालयको हज भरिएर फोहोर बाहिर निस्कन थालेको छ ।
ढोका नलाग्ने, लागे पनि चाँबी नलाग्ने, कोठामा बिछ्याइएका मार्वल फुट्ने, कोठाका बत्ती नबल्ने लगायतका समस्याले स्वास्थ्यकर्मी आजित छन् । कमसल काम भएकै कारण वडा तथा नगरपालिकालाई हस्तान्तरण नगर्दै स्वास्थ्यचौकीको भवन सुटुक्क प्रयोगमा ल्याइएको स्थानीय हरिबहादुर बुढाथोकीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपतिद्वारा ढुङ्गानाका परिवारप्रति समवेदना
मंसिर ६, २०८१ बिहिबार
राशिफलः आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ
मंसिर ६, २०८१ बिहिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
विभिन्न समूहको प्रदर्शनले आज अस्तब्यस्त बन्दै काठमाडौं, ५ हजार प्रहरी र ५ सय ट्राफिक खटाइने
मंसिर ७, २०८१ शुक्रबार
आज संघीय राजधानी काठमाडौंमा प्रधानमन्त्री ओलीको दल एमालेको शक्ति प्रदर्शन
मंसिर ७, २०८१ शुक्रबार
१३ पैसाले बढ्यो अमेरिकी डलर, युरो र पाउण्ड स्थीर
मंसिर ७, २०८१ शुक्रबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
मिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार