सिंहदरबारको फोहोर उठ्ने विषय अझै अनिश्चित
नेपालबहस संवाददाता
चैत २७, २०७९ सोमबार १२:५६:२
२७ चैत, काठमाडौं । सिंहदरबार, राष्ट्रपति भवन, प्रधानमन्त्री तथा मन्त्रीनिवासको फोहोर उठ्ने विषय अझै अनिश्चित बनेको छ । काठमाडौं महानगरले केन्द्र सरकारमा रहेका भीईपीहरुबाट स्थानीय शासन संचालन र फोहोर उठाउने विषयमा असहयोग पुर्याउन नछाडेको भन्दै काठमाडौं महानगरका मेयर बालेन साहको निर्देशनमा आइतबारदेखि फोहोर उठाउन बन्द भएको हो ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष फोहोर उठाउन बन्द भएपछि सोमबार बिहान मेयर बालेनलाई प्रधानमन्त्री र गृहमन्त्रीले बोलाएर छलफल गरेका छन् । तर छलफल निष्कर्षविहीन भएको छ । बालेनले छलफलपछि प्रधानमन्त्री प्रण्ड र गृहमन्त्रीसमक्ष १४ बुँदे विषय राखेको जानकारी सामाजिक संजालमार्फत दिएका छन् ।
उनले ५०० मिटरको दूरीमा रहेको महानगरपालिकाको समस्याबारे सुनवाइ गर्न केन्द्रीय निकायहरु मौन बसेको भन्दै आलोचना गरेका छन् ।सिंहदरबारभित्रका कार्यालयबाट फोहोर बाहिर निकालेर विभिन्न क्षेत्रमा जम्मा गरिएपनि सोमबार पनि त्यहाँ उठाइएको छैन । राष्ट्रपति भवन, प्रधानमन्त्री तथा मन्त्रीहरूको निवासमा पनि फोहोर उठाइएको छैन । यस क्षेत्रको फोहोर उठाउने ठेक्का परिवर्तन नेपाल नामक संस्थाले पाएको छ । महानगरको निर्देशन नआएकाले फोहोर नउठाएको उसको दाबी छ ।
सरकारसँग यसअघि भएका सहमति पालना नभएसम्म यस क्षेत्रका फोहोर नउठ्ने बालेनको सचिवालयले जनाएको छ । महानगरले शिक्षा, परराष्ट मन्त्रालयलगायत विभिन्न निकायहरुले मिचेको फुटपाथ हटाउनुपर्ने, महानगरको जग्गा उपभोगमा बाधा पुर्याएको लगायत मागबारे सरकारले बेवास्ता गरेपछि ध्यानाकर्षण गराउन फोहोर नपठाएको महानगरको भनाइ छ ।
केन्द्र सरकार र सम्बिन्धत निकायहरुको असमन्वयकारी भूमिकाले थुप्रिएको समस्याको चाङ सिंहदरबारले फोहोरमा देखोस् भनेर फोहोर नउठाइएको हो।’ मेयर साहले सोमबार फेसबुकमा स्टाटस लेखेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप५०० पसलमा २० मात्रै नियमअनुरुप चलेका भेटिए
मंसिर ८, २०८१ शनिबार
नागरिकलाई जुत्ताको माला लगाएर घुमाउन वडा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा दायर
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
साढे १७ करोड अमेरिकी डलर लगानीमा मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माण सुरु
मंसिर ८, २०८१ शनिबार
अमेरिकी डलरदेखि क्यानेडियन डलरसम्मको भाउ घट्यो
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनको बिजुली
मंसिर ८, २०८१ शनिबार
५०० पसलमा २० मात्रै नियमअनुरुप चलेका भेटिए
मंसिर ८, २०८१ शनिबार
आज जन्म लिने बच्चा सिंह राशीको हुने
मंसिर ८, २०८१ शनिबार
उपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार