फोहोर उठाइदिन ठेकेदारलाई शीतलनिवासको फोन, सबै सरकारी कार्यालयमा ठप्प पार्ने योजनामा महानगर
नेपालबहस संवाददाता
चैत २७, २०७९ सोमबार १३:३५:५८
२७ चैत, काठमाडौं । राष्ट्रपति कार्यालय शीतलनिवासमा ठेकेदारलाई फोन गरेर फोहोर उठाइदिन आग्रह गरेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको निर्देशनमा ठेकेदार कम्पनीले आइतबारदेखि फोहोर उठाउन कार्यमा रोक लागेपछि सोमबार फोन नै गरेर फोहोर उठाइदिन आग्रह गरिएको हो । साहकै निर्देशनमा शीतलनिवास, सिंहदरबार, प्रधानमन्त्री, मन्त्री कार्यालय र क्वाटरहरुको फोहोर उठाइएको छैन ।
सरकारले महानगरको विकास र महानगर सफाइ अभियानमा असहयोग गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउन भन्दै अनिश्चितकालका लागि फोहोर उठाउन बन्द गरिएको साहको भनाइ छ ।
शीतलनिवास, सिंहदरबार लगायत क्षेत्रको फोहोर उठाउने ठेक्का परिवर्तन सेवा प्रालिले पाएको छ । तर प्रालिका संचालक साहले फोन गरेर त्यस क्षेत्रका फोहोर नउठाउन निर्देशन दिएपछि फोहोर थुप्रिएर दुर्गन्ध फैलिन थालेको छ । फोहोर नउठ्दा कार्यालय परिसरमा दुर्गन्ध फैलिएका भन्दै कार्यालयबाट फाेन आएकाे प्रालिले जनाएकाे छ । मेयर साहकै निर्देशनअनुसार फोहोर नउठाएको प्रतिक्रिया शीतलनिवासलाई दिएको मित्रप्रसाद घिमिरेले बताए ।
यसै बीच महानगरसँग भएको सहमति कार्यान्वयन नभए महानगरभित्रका सबै कार्यालयमा फोहोर उठाउन कार्य बन्द गर्ने योजनामा महानगर रहेको स्रोतको भनाइ छ । त्यसबाट पनि सरकार मौन बसे काठमाडौंका सबै नगरपालिकाले फोहोर नउठाउने कार्यक्रम ल्याउने बारे पनि छलफल चलिरहेको बताइन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनको बिजुली
मंसिर ८, २०८१ शनिबार
५०० पसलमा २० मात्रै नियमअनुरुप चलेका भेटिए
मंसिर ८, २०८१ शनिबार
आज जन्म लिने बच्चा सिंह राशीको हुने
मंसिर ८, २०८१ शनिबार
उपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार