फोहोर उठाउनेबारे बालेन शाहसँग तत्काल वार्ता आग्रह
नेपालबहस संवाददाता
चैत २७, २०७९ सोमबार १३:५६:३०
२७ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग तत्काल वार्ता गर्न आग्रह गरेका छन् ।
मेयर बालेन शाहले संघीय सरकारप्रति असहमति प्रकट गर्दै सिंहदरबारभित्रको फोहोर नउठाउन निर्देशन दिएपछि फोहोर उठ्न नसकेको भन्दै समस्या समाधान गर्न वार्ता गर्न आग्रह गरेका हुन् ।
सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद थापाले समस्या सुल्झाउन तत्काल प्रमुख बालेन शाहसँग वार्ता गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरे ।
‘प्रधानमन्त्रीलाई आग्रह मेरो आग्रह छ, काठमाडौं महानगरपालिका प्रमुखसँग तत्काल वार्ता गरियोस्, जायज माग पूरा गरियोस्, वार्तामा काठमाडौंबाट निर्वाचित जनप्रतिनिधिलाई पनि सहभागी गराइयोस्’ उनले भने । महानगरले उठाएको माग सम्बोधन गर्न पनि उनले सरकारसँगको ध्यानाकर्षण गराए ।
प्रधानमन्त्रीले साहलाई सोमबार बिहान मात्र बोलाएर छलफल गरेका छन् । तर साहले सरकार गम्भीर नरहेको भन्दै सामाजिक संजालमार्फत महानगरको सरोकारका विषय बुँदागत रुपमै सार्वजनिक गरेका छन् । उनले ५०० मिटरको दूरीमा रहेको महानगरसँग केन्द्रीय निकायहरुले समन्वयनका लागि बेवास्ता गरिरहेको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसैनिक मञ्च टुँडिखेलमा १७ औं गणतन्त्र दिवसको विशेष समारोह
जेठ १५, २०८१ मंगलबार
बजेटबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्
जेठ १५, २०८१ मंगलबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
सैनिक मञ्च टुँडिखेलमा १७ औं गणतन्त्र दिवसको विशेष समारोह
जेठ १५, २०८१ मंगलबार
बजेटबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्
जेठ १५, २०८१ मंगलबार
साउदी लिगमा रोनाल्डोको किर्तिमान
जेठ १५, २०८१ मंगलबार
दोस्रो जासुसी उपग्रह प्रक्षेपण गर्दै उत्तर कोरिया
जेठ १५, २०८१ मंगलबार
विश्वकप वार्म-अप खेल : क्यानडासँग नेपाल पराजित
जेठ १५, २०८१ मंगलबार