आईपीएल क्रिकेट : रोयल च्यालेन्जर्स बैंगलोर र कोलकत्ता नाइट राइडर्स भिड्दै
इन्द्र रिजाल
चैत २२, २०७५ शुक्रबार १९:५९:०
एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग ‘आईपीएल’ क्रिकेटमा शुक्रबार एक खेल हुँदैछ । शुक्रबार रोयल च्यालेन्जर्स बैंगलोर र कोलकत्ता नाइट राइडर्सबीच खेल हुनेछ ।
बैंगलोरस्थित एम चिन्नास्वामी क्रिकेट मैदानमा हुने घरेलु टोली र कोलकत्ताबीचको खेल बेलुका ८: १५ मा सुरु हुनेछ । र, दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
घरेलु मैदानमा बैंगलोर पहिलो जितको खोजीमा हुनेछ । बैंगलोर कोलकत्ताविरुद्ध जित निकाल्दै पहिलो अंक जोड्न चाहन्छ । अघिल्ला चार खेल गुमाएको बैंगलोर लिगको पुछारमा रहेको छ ।
विराट कोहलीको कप्तानीमा रहेको बैंगलोरलाई विश्व स्तरिय खेलाडीहरुको साथ रहने छ । बैंगलोरमा पार्थिव पटेल,मोइन अली, एबी डी भिलियर्स, सिम्रन हिटमाएर, टिम साउथी, उमेश यादव, युजभेन्द्र चाहल जस्ता खेलाडी रहेको छ । तर, बैंगलोरका विश्व स्तरिय खेलाडीहरु चल्न सकिरहेका छैनन् ।
यता, दिनेश कार्तिकको कप्तानीमा कोलकत्ता तेस्रो जितको खोजीमा रहनेछ । कोलकातालाई सुनील नारिने, क्रिस ल्यान, कुलदिप यादब, आन्द्रे रसेल जस्ता खेलाडीको रहेको छ । अघिल्ला ३ खेलमा कोलकत्ताले २ जित र १ हार व्यहोरेको छ । कोलकत्ता ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
दुईबीचको पछिल्लो पाँच खेलमा कोलकत्ता बलियो देखिएको छ । पाँच खेलमा कोलकत्ताले ४ खेलमा जित निकालेको छ । बैंगलोर एक खेलमा मात्र जित निकाल्न सफल भएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपएनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
पुष १३, २०८१ शनिबार
जनकपुरमा एनपीएल विजेता जनकपुर बोल्ट्सलाई भव्य स्वागत, मधेसभर विजय उत्सवको तयारी
पुष १२, २०८१ शुक्रबार
जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको 'ट्रफी परेड'
पुष १२, २०८१ शुक्रबार
लुम्बिनी प्रदेश निजामती सेवा ऐन पुनः पारित
पुष १७, २०८१ बुधबार
भारतको सन् २०२४, सन् १९०१ यताकै सबैभन्दा तातो वर्ष
पुष १७, २०८१ बुधबार
चितवनका ३१ हजार बढी किशोरीलाई एचपिभी खोप दिइने
पुष १७, २०८१ बुधबार
अमेरिका पठाइदिने भन्दै ६६ लाख बढी ठगी गर्ने ४ जना पक्राउ
पुष १७, २०८१ बुधबार
राजश्व बाँडफाँडमा मनोमानी, प्रदेशलाई कर बुझाउन स्थानीय सरकारको आनाकानी
पुष १७, २०८१ बुधबार