‘आगामी वर्षको सुरुमै फोरजी’ सेवा शत प्रतिशत पुर्याउने टेलिकमको तयारी
नेपालबहस संवाददाता
चैत २७, २०७९ सोमबार २१:३२:३५
२७ चैत, काठमाडौं । नेपाल टेलिकमले ‘फोरजी’ सेवा आगामी वर्षको सुरुमै शत प्रतिशत पु¥याउने तयारी गरेको छ । उक्त सेवा अब १४ स्थानीय तहमा पु¥याउन बाँकी रहेको प्रवक्ता शोभन अधिकारीले बताए ।
“सतहत्तर जिल्लाका सात सय ३९ स्थानीय तहमा विस्तार भएको छ । अति विकट क्षेत्रका १४ स्थानीय तहमा उक्त सेवा पु¥याउन बाँकी छ । जसको सम्भाव्यता अध्ययन गरी कार्यान्वयनको काम अघि बढेको छ”, उनले भने । फोरजी सेवा हाल ९९ प्रतिशत सम्पन्न भएको र बाँकी जिल्लामा योजना कार्य पूरा गरी कार्यान्वयनको क्रममा रहेको प्रवक्ता अधिकारीले बताए ।
मुलुकका सुगमदेखि दुर्गम र विकट स्थानमा एउटै मूल्यमा दूरसञ्चार सेवा उपलब्ध गराउँदै आएको टेलिकमले चौथो पुस्ताको मोबाइल सेवा फोरजी विस्तारको कार्य अघि बढाएको थियो । मोबाइल सेवामा अत्याधुनिक प्रविधि र अतिरिक्त सुविधासहित फोरजी सेवाका लागि आवश्यक परियोजना सुरु गरेको हो । टेलिकमले पहिलो पटक काठमाडौँ र पोखरामा विसं २०७३ पुस १७ देखि फोरजी सेवा सुरु भएको थियो ।
ग्राहकलाई डिजिटल फ्रेमवर्कमा जोड्नका लागि आगामी वर्षमा बाँकी स्थानीय तहमा फोरजी सेवा र अप्टिकल फाइबर पु¥याउने काम प्राथमिकताका साथ अगाडि बढाउने प्रवक्ता अधिकारीले बताउनुभयो । देशैभर टेलिकमले विस्तार गर्ने फोरजीको नेटवर्क पाँचौँ पुस्ताको अत्याधुनिक फाइभजी सेवा विस्तार गर्नका लागि पूर्वाधारका रूपमा उपयुक्त हुने टेलिकमले जनाएको छ ।
यस वर्ष टेलिकमले वाइम्याक्सका ग्राहकलाई फोरजी सेवामा स्थानान्तरण गरेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष फोरजी ग्राहकको सङ्ख्या उल्लेखनीय रहेको प्रवक्ता अधिकारीले जानकारी दिए । “अघिल्लो वर्षको तथ्याङ्कसँग तुलना गर्दा ग्राहकको सङ्ख्या बढ्दो क्रममा रहेको छ । थप नयाँ सेवा जोड्दै यसलाइै अझ प्रभावकारी बनाउँछौँ”, उनले भने । टेलिकमका अनुसार माघ मसान्तसम्म प्रकाशन गरिएको तथ्याङ्कअनुसार दुई करोड ११ लाख ४१ हजार टेलिकमका ग्राहक रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटेलिफोन अवरुद्ध हुँदा भोटखोलाका नागरिक सञ्चार सेवाबाट वञ्चित
चैत २७, २०८० मंगलबार
नेपाल टेलिकमले विमानस्थलमा निः शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने
फागुन ११, २०८० शुक्रबार
दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा
पुष २४, २०८० मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
वैदेशिक रोजगारीमा भएको ठगिलाई सरकारले हेर्नुपर्छः देउवा
जेठ ५, २०८१ शनिबार
समिति गठन गर्ने कुरामा प्रधानमन्त्रीको दोहोरो चरित्र
जेठ ५, २०८१ शनिबार
पिस कोर स्वयंसेवकको पहिलो समूहले लिए शपथ ग्रहण
जेठ ५, २०८१ शनिबार
जनकपुरमा सवारी दुर्घटनामा पत्रकार रोहिताको मृत्यु
जेठ ५, २०८१ शनिबार
बालुवाटार छलफलबाट समिति गठन हुने आश्वासन लिएर फर्कियो कांग्रेस
जेठ ५, २०८१ शनिबार
संसदको गतिरोध हटाउनेबारे सत्ता पक्ष र विपक्षीसँग छलफल गर्दै सभामुख
जेठ ५, २०८१ शनिबार