अब विवाह गर्दा अनिवार्य वडा पालिकाको सिफारिस चाहिने
नेपालबहस संवाददाता
चैत २७, २०७९ सोमबार २१:३५:५२
२७ चैत, जुम्ला । जुम्लाको पातारासी गाउँपालिकाले बालविवाह रोकथाम गर्ने उद्देश्यले अनिवार्य वडा पालिकाको सिफारिस चाहिने व्यवस्था गरेको छ । उक्त पालिका–५ मा पर्ने दुर्गम चार वटा गाउँलाई जुम्लाकै पहिलो बालविवाह मुक्त गाउँ घोषणा गरिएको छ ।
सन् २०३० सम्म नेपाललाई बालविवाह मुक्त मुलुक घोषणा गर्ने राष्ट्रिय उद्देश्य र दीगो विकासको लक्ष्यअनुरूप जिल्लाको पातारासीका गाउँलाई बाल विवाह मुक्त घोषणा गरिएको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिए ।
यहाँका आठ स्थानीय तहका ६० वडामध्ये पातारासी गाउँपालिका–५ वडालाई बालविवाह मुक्त घोषणा गरिएको छ । अध्यक्ष बोहोराले भने, “विवाह उमेर समूहका २० वर्षमुनिका कुनै पनि बालबालिकाले विवाह नगरेको सर्वेक्षणले भेटाएपछि जिल्लाकै पहिलो वडा र बस्तीका रूपमा बालविवाह मुक्त गाउँ घोषणा गरिएको अध्यक्ष बोहोराको भनाइ छ ।”
अब अरु वडालाई छिट्टै बालविवाह मुक्त गरिने भएको छ । स्थानीय सरकारको प्राथमिकतामा परेको सामाजिक विकृतिलाई रोकथाम गर्नेका लागि वडापालिकाको कार्य महत्त्वपूर्ण भएको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताए ।
बालविवाह मुक्त घोषणाका लागि विगत तीन वर्षदेखि बाल क्लब, वडा सरकार, समूह परिचालन तथा किर्डाकद्वारा 'बाल स्पोन्सर' परियोजना लागू गरेर अन्ततस् बाल विवाह शून्यमा झार्न सफल भएको पातारासी गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णाली प्रदेशको बेरुजु चार अर्ब पुग्यो
जेठ १५, २०८१ मंगलबार
मुगुको डोल्फु गाउँँमा हतियारधारी समूहद्वारा २३ घरमा लुटपाट
जेठ १४, २०८१ सोमबार
कांग्रेसको अवरोधपछि कर्णाली प्रदेशसभा बैठक स्थगित
जेठ १३, २०८१ आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
प्रमुख प्रतिपक्षलाई तीन घण्टा संसदमा उभ्याएर बजेट ल्याउने तयारी
जेठ १४, २०८१ सोमबार
मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ
जेठ १४, २०८१ सोमबार
पर्यटन मन्त्रालयलाई ११ अर्ब ९१ करोड बजेट
जेठ १५, २०८१ मंगलबार
भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज योजना सञ्चालन गरिने
जेठ १५, २०८१ मंगलबार
जनकपुरलाई विवाह गन्तव्यका रुपमा विकसित गरिने
जेठ १५, २०८१ मंगलबार
राङ्गी विद्यालय प्राङ्गणमा मन्दिरको शिलान्यास, १५२ जनाले गरे आर्थिक सहयोग
जेठ १५, २०८१ मंगलबार
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ९ अर्ब २८ करोड
जेठ १५, २०८१ मंगलबार
गणतन्त्र दिवसका अवसरमा सांस्कृतिक नृत्य प्रस्तुत
जेठ १५, २०८१ मंगलबार