महुली लघुवित्तको शेयर खरिद गर्ने आज अन्तिम दिन, बुक क्लोज कहिले ?
नेपालबहस संवाददाता
चैत २८, २०७९ मंगलबार ११:२:४
२८ चैत, काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज चैत २८ गते अन्तिम दिन हो । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल १५ प्रतिशत लाभांश वितरण गर्नेछ । जसअनुसार १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्दैछ ।
यस संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत २९ गते बुक क्लोज गर्दैछ । तसर्थ, यस कम्पनीले प्रस्ताव गरेको लाभांश हात पार्न आजै शेयर खरिद गर्नुपर्नेछ ।
लाभांश पारित गर्न यस संस्थाको वार्षिक साधारण सभा वैशाख ९ गते बस्दैछ । सभामा अन्य कुनै लघुवित्तसँग मर्जर अथवा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने छ । यता, प्रिमियममा एफपीओ निष्कासन गर्ने प्रस्ताव पनि सभामा पेश हुने एजेन्डा रहेको कम्पनीले जानाएको छ । साधारण सभा महुली लघुवित्तको केन्द्रीय कार्यालय, महुली सप्तरीमा बिहान ११ बजे सुरु हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुर्योदय वोमी लघुवित्तको लाभांश घोषणा
मंसिर ५, २०८१ बुधबार
जीवन विकास लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्रीमा
साउन ३१, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
माओवादी केन्दीय समिति बैठक बस्दै, प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने
पुष २१, २०८१ आइतबार
एमाले केन्द्रीय समिति बैठक बस्दै, ओलीले ल्याउँदैछन् राजनीतिक प्रतिवेदन
पुष २१, २०८१ आइतबार
आजको मौसम कस्तो रहला ?
पुष २१, २०८१ आइतबार
बिपी राजमार्ग पुनर्निर्माणमा साढे ९ अर्ब लाग्ने, जापानको मुख ताक्दै सरकार
पुष २१, २०८१ आइतबार
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
पुष २१, २०८१ आइतबार