सुदूरपश्चिममा विद्युतीय दुर्घटनाबाट ९ महिनामा ७ जनाको मृत्यु
नेपालबहस संवाददाता
चैत २८, २०७९ मंगलबार ११:४०:१२
२८ चैत, काठमाडौं । सुदूरपश्चिम प्रदेशमा विद्युतीय दुर्घटनामा ७ जनाको मृत्यु भएको तथ्यांक बाहिर आएको छ । चालु आर्थिक वर्षको ९ महिनामा ७ जनाको विद्युतीय दुर्घटनामा परेर मृत्यु भएको र ८ जना घाइते भएका छन् । घाइतेमध्ये २ जना धनगढी वितरण केन्द्रअन्तर्गत रहेका छन् ।
नेपाल विद्युत प्राधिकरणको धनगढी वितरण केन्द्रका प्रमुख सूर्यनारायण मण्डलले विद्युतमा परेर मृत्यु हुने क्रम नरोकिएको बताए । उका अनुसार कञ्चनपुरको महेन्द्रनगर विद्युत वितरण केन्द्र, अछाम वितरण केन्द्र, भजनी वितरण केन्द्र, बाजुरा वितरण केन्द्र, डडेल्धुरा वितरण केन्द्र, डोटी वितरण केन्द्र र बझाङ वितरण केन्द्र अन्तर्गत एक एक् जनाको मृत्यु भएको छ ।
धनगढी विद्युत वितरण केन्द्र अन्तर्गत २ जना चालु आवकाे चैतसम्ममा घाइते अवस्थामा छन् । यद्यपि उनले गत वर्षको तुलनामा विद्युतीय दुर्घटना कम हुँदै गएको दाबी गरे ।
विद्युतीय दुर्घटनाबाट ज्यान गुमाउनेमा विद्युत प्राधिकरणका कर्मचारी धेरै छन् । घाइतेहरु पनि प्राधिकरणकै कर्मचारी छन् । विद्युतीय संरचना विस्तारमा लापरवाही तथा उपकरण प्रयोगमा हुने त्रृटिले दुर्घटना हुने गरिएको प्रमुख मण्डलले बताए ।
दुर्घटना कम गर्न कर्मचारी थप सचेत हुनुका साथै उपभोक्तालाई विद्युतीय खतराबारे जागरण ल्याउन आवश्यक रहेको उनको भनाइ छ । यसनिम्ति स्थानीय तह वडास्तरबाट सचेतनाका कार्यक्रम संचालन गर्नुपर्नेमा उनले जोड दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
‘मेयर सम्मेलन’ गर्दै परशुरामधाम नगर
पुष २, २०८१ मंगलबार
भारतको सहयोगमा राप्ती नगरमा अस्पताल भवन निर्माण हुने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
पुष ३, २०८१ बुधबार
शर्मा भारत र तिम्सिना मलेसियाको राजदूतमा नियुक्त
पुष ३, २०८१ बुधबार
५ अंकले घटेर २६२८ मा बन्द भयो नेप्से, ४ अर्ब २७ करोडका शेयर किनबेच भए
पुष ३, २०८१ बुधबार
स्वास्थ्य विज्ञान प्रतिष्ठान मधेसमा एमबीबीएस अध्यापन सुरु
पुष ३, २०८१ बुधबार