भक्तपुर महोत्सवमा दुई करोड ५० लाखको कारोबार
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_2iMmAyes8c.jpeg
)
नेपालबहस संवाददाता
चैत २८, २०७९ मंगलबार ११:५७:०
![](https://nepalbahas.prixacdn.net/media/albums/bhaktapur_mohatsav_owaVeqWxEe_odcmo35WOq.jpg)
२८ चैत, भक्तपुर । प्रसिद्ध बिस्केट जात्रा तथा नयाँ वर्ष २०८० को अवसरमा सल्लाघारीमा सञ्चालन भइरहेको ‘सातौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवमा सोमबारसम्म रु दुई करोड ५० लाख बराबरको कारोबार भएको छ ।
औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाइज ब्यान्डकोे आयोजना तथा भक्तपुर जिल्ला खेलकुद विकास समितिको सहयोगमा यही चैत २३ गतेदेखि सुरु भएको उक्त महोत्सवमा दैनिक रु ५० लाखभन्दा बढीको कारोबार भइरहेको संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिए । महोत्सवमा खाद्यान्न, लत्ताकपडा, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडा, सवारीसाधन, खेलौनालगायतका दुई सय कक्ष छन् ।
महोत्सवको करिब पाँच लाख व्यक्तिले अवलोकन गर्ने अपेक्षा गरिएको छ । आगामी वैशाख ३ गतेसम्म चल्ने महोत्सवमा करिब रु १० करोडको कारोबार हुने आयोजकको विश्वास छ । महोत्सवका संयोजक एवं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापाले विभिन्न क्षेत्रका व्यक्तिलाई नगदसहित पुरस्कृत गरिने बताए । महोत्सवमा हरेक दिन विभिन्न साङ्गीतिक समूहको प्रस्तुतिसमेत रहने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रणय दिवसको अवसरमा सौराहामा आजदेखि खाना उत्सव सुरु
माघ २९, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार