भरतपुर महानगरले थाल्याे निर्माण अलपत्र छाड्ने २८ ठेकेदार कम्पनीमाथि कारवाही
नेपालबहस संवाददाता
चैत २८, २०७९ मंगलबार १३:११:३०
२८ चैत, चितवन । निर्माणको ठेक्का सम्झौता गरेर समयमा नै काम नसक्ने, बिचमा अलपत्र पारेर सम्पर्कमा नआउने निर्माण कम्पनीलाई भरतपुर महानगरपालिकाले कारवाही प्रक्रिया अगाडि बढाएको छ ।
महानगरपालिकाको नगरपालिका कार्यालयले मंगलबार एक सूचना जारी गर्दै तोकिएको समयमा काम नगर्ने र सम्पर्कमा नआई काम अलपत्र पार्ने कम्पनीहरुमाथि जमानत जफात, कालो सूचीमा राख्ने लगायत कारवाहीको प्रक्रियामा लैजाने जनाएको छ । सूचना प्रकाशित भएको ७ दिनभित्र कम्पनीका संचालक वा प्रतिनिधिलाई कार्यालयमा उपस्थित हुन भनिएको छ । धुलिखेल निर्माण सेवा, गर्जा कृशव जेवी, उर्जा मस्त जेवी, प्रदीप निर्माण सेवा, भूमिथान निर्माण सेवा, युविन कन्ट्रक्सन लगायत कम्पनीको नाममा सूचना जारी गरिएको छ ।
सम्पर्कमा नआउने कम्पनीहरुमाथि स्पष्टीकरणसहितको कारबाही प्रक्रिया अगाडि बढाउने उल्लेख छ ।
यी निर्माण कम्पनीहरुले अधिकांश कालोपत्रे सम्वन्धी कामको ठेक्का पाएका छन् । तर काम समयमा नसकेर अलपत्र पार्दै आएका छन् । सूचना जारी भएको मितिले ७ दिन भित्र आफैं उपस्थित भएर चित्तबुझ्दो जवाफ नदिएमा कानुन अनुसार कारर्वाही बढाउने सूचनामा भनिएको छ ।
महानगरले पटक पटक सूचना, लिखित र मौखिक निर्देशन दिँदा समेत ठेकेदारहरुले बेवास्ता गरेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाजुरामा रूखले च्यापिएर एक जनाको मृत्यु, २ जना गम्भीर घाइते
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अदालतले दियो अनुमति
मंसिर ९, २०८१ आइतबार
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भोलिदेखि
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
बाजुरामा रूखले च्यापिएर एक जनाको मृत्यु, २ जना गम्भीर घाइते
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अदालतले दियो अनुमति
मंसिर ९, २०८१ आइतबार
महानिर्देशक अधिकारीलाई भ्रष्टाचारी भन्दै विरोध प्रदर्शन ( फोटो फिचर )
मंसिर ९, २०८१ आइतबार