जलवायु परियोजनामा सामेल हुन चवालीस देशको चाहना
नेपालबहस संवाददाता
चैत २८, २०७९ मंगलबार १५:८:२१
२८ चैत, एजेन्सी । अन्तरराष्ट्रिय मुद्रा कोष 'ईएमएफ'का प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले जलवायु परिर्वतनसम्बन्धी आईएमएफको ४० अर्ब अमेरिकी डलरको रिजिलेन्स एण्ड सस्टेनेबिलिटी ट्रष्ट 'आरएसटी'का परियोजनामा सहभागी हुने चाहना विश्वका ४४ देशले गरेका बताएका छन् ।
एक वर्षअघि स्थापना भएको आरएसटीले कम आय भएका तथा कमजोर मध्यम आय भएका देशलाई आर्थिक सहयोग प्रदान गरी जलवायु परिवर्तनजस्ता प्रणालीगत जोखिम सामना गर्दै दिगो आर्थिक नीति प्रवद्र्धनको लक्ष्य लिएको छ । आरएसटीले मानव सृजित हरितगृह ग्यास उत्सर्जनलाई शून्यमा झार्न निर्धन देशका निम्ति सहयोगको उक्त कोष स्थापना गरेको हो ।
प्रबन्ध निर्देशक जर्जिएभाका अनुसार रुवाण्डा, बार्बाडोस, कोस्टारिका, बङ्गलादेश र जमैकाले कोषबाट सहयोग प्राप्त गर्न सम्झौता गरेका छन् । उदीयमान बजार र अर्थतन्त्रमा निजी लगानीका अवरोध हटाउन मद्दत गर्ने उक्त कोष आफैमा जलवायु सङ्कट समाधान नभए पनि त्यसले केही योगदान गर्ने उनले बताए ।
जलवायु परिवर्तनका कारण उत्पन्न हुने सङ्कट नियन्त्रण गर्न धेरै काम गर्न बाँकी रहेको बताउँदै प्रबन्ध निर्देशक जर्जिएभाले नीति, लगानी र वित्तीय सहायता अत्यावश्यक भएकामा जोड दिए । उनले जलवायु चुनौतीलाई अवसरमा परिणत गर्न बहुपक्षीय संस्था, राष्ट्रिय अधिकारी र निजीक्षेत्रबीच सहकार्य हुनुपर्ने बताए । नवीकरणीय ऊर्जाको उपयोग बढाउने तथा जलवायु सङ्कटबारे सर्वसाधारणको चेतना अभिवृद्धि पनि उत्तिकै महत्वपूर्ण भएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कस्तो छ सहकारी ठगी प्रकरणको अभियोगपत्र ?
पुष ८, २०८१ सोमबार
चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै
पुष ८, २०८१ सोमबार
चलचित्र ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक
पुष ८, २०८१ सोमबार
जाडो याममा तातो भक्का विद्यार्थीको रोजाइमा
पुष ८, २०८१ सोमबार
निलगिरी हिमालमा हिउँ घट्दै
पुष ८, २०८१ सोमबार
खोकना बस्ती र आसपासको दृश्य
पुष ८, २०८१ सोमबार