स्थानीय तहबाटै एमसीसी परियोजनाको विरोध
नेपालबहस संवाददाता
चैत २८, २०७९ मंगलबार १५:२८:३१
२८ चैत, काठमाडौं । अमेरिकी सैन्य राणनीतिसम्बन्त्री आर्थिक परियोजनाले नेपालभित्र गर्न लागिएको ‘विकास’का काममा स्थानीय स्तरबाटै विरोध सुरु भएको छ ।
यसअघि देशभित्र अमेरिकी सैन्य अड्डा खडा गर्ने योजनाअनुसार आर्थिक प्याकेजसहित सडक र विद्युत प्रसारण लाइनको विकाससम्बन्धी एमसीसीअन्तर्गत एमसीएले परियोजना ल्याएको भन्दै राजनीतिक दलहरुले विरोध गर्दै आइरहेका छन् ।
तर सरकारले संसदबाटै पारित गराएर नेपालको कानूनभन्दा परियोजनालाई माथि राखेर कार्यान्वयनमा लगेपछि यता विरोधका क्रम बढ्दै गइरहेको हो । परियोजनाअन्तर्गत नुवाकोटका विभिन्न स्थानमा निर्माण गर्न लागिएको प्रशारण लाइनको जग्गा मुआब्जासम्बन्धी बैठकलाई स्थानीय तहले बहिष्कार गरेका छन् ।
विद्युत प्राधिकरणको पहलमा नुवाकोटका पाँच गाउँपालिकालाई बैठकमा बोलाइएपनि ४ स्थानीय तहले बहिष्कार गरेका छन् । एमसिसीअन्तर्गत रहेको मिलेनियम च्यालेञ्ज अकाउण्ट (एमसीए) नेपाल विकास समितिको मुख्य सहभागिता रहेको बैठकलाई पालिकाहरुले बहिष्कार गरेका हुन् ।
बैठक नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापाको कार्यालयमा बसेको थियो । प्रसारण लाइनबाट प्रभावित हुने पाँचमध्ये लिखु गाँउपालिका मात्रै सहभागी भएको हो ।
काठमाडौँको लप्सेफेदी हुँदै नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेसम्म प्रसारण ल्याइन ल्याएर यहाँबाट हेटौँडा र तनहुँ हुँदै बुटवलसम्म लैजान नुवाकोटमा आवश्यक जग्गाको मुअब्जा प्रक्रिया अघि बढाउन बैठक आह्वान गरेको हो । बैठकमा पालिकाको जनप्रतिनिधिले सहभागिता जनाएनन् ।
सबैभन्दा बढी प्रभावित हुने बेलकोटगढी नगरपालिकासहित शिवपुरी, पञ्चकन्या र तारकेश्वर गाउँपालिकाले परियोजनाको उद्देश्यको विरोध गर्दै मुआब्जा निर्धारण बैठकमा सहभागी भएनन् । उनीहरुले परियोजनाले बनाउने सवस्टेशन निर्माण र प्रसारण लाइन विस्तारले यहाँ प्रभावित बनाउने भन्दै त्यसको बदलामा उक्त परियोजनाको रमकम सडक निर्माणमा नुवाकोटमा खर्च गर्नुपर्नेमा उनीहरुले जोड दिएका छन् ।
परियोजनाले भने सडकमा गरिने खर्च दाङको धानखोलादेखि शिवखोलासम्मको ७७ किलोमिटर सडकमा फराकिलो पार्न खर्च गर्ने अडान लिएको छ । प्रसारण लाइन निर्माणका क्रममा नुवाकोटमा करिब ५३ किमि तार विस्तार गर्न यहाँको पाँचवटा पालिकाको १८ वटा वडा प्रभावित हुने प्रारम्भिक अध्ययनमा देखिएको छ ।
नुवाकोटमा एकसय ४७ वटा खम्बा गाढ्न आवश्यक जग्गा अधिग्रहण गर्नुपर्नेछ । प्रसारण लाइनको दायाँबायाँ २३÷२३ मिटरको क्षतिपूर्ति दिनुपर्नेछ । त्यसका लागि मुआब्जा निर्धारण गर्न पालिका र वडाको जनप्रतिनिधिको सहभागिता अनिवार्य रहन्छ ।
काठमाडौंको लफ्सीफेदीमा पनि स्थानीयले खम्बा गाड्न जग्गा नदिने अडान लिएका छन् । एमसीसीले विकासको नाममा प्रसारण लाइनकाे खम्बा निर्माण गर्ने र भविष्यमा परियोजनाबाट निर्मित भौतिक संरचनाको सुरक्षाका लागि विदेशी सुरक्षाकर्मी भित्र्याउने योजना बोकेको भन्दै नेकपालगायत दलहरूबाट विरोध हुँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार
साढे १७ करोड अमेरिकी डलर लगानीमा मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माण सुरु
मंसिर ८, २०८१ शनिबार
अमेरिकी डलरदेखि क्यानेडियन डलरसम्मको भाउ घट्यो
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनको बिजुली
मंसिर ८, २०८१ शनिबार