अलैंची, ऊनी गलैँचा र चियाको निर्यात बढ्दा लत्ताकपडाको घट्यो
नेपालबहस संवाददाता
चैत २८, २०७९ मंगलबार १६:३८:९
२८ चैत, काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा रु एक खर्ब ४ अर्ब ८० करोड बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९ दशमलव १ प्रतिशतले निर्यातमा कमी हो । अघिल्लो वर्ष निर्यात ८२ दशमलव नौ प्रतिशतले बढेको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा भारततर्फ ३७ दशमलव पाँच प्रतिशत र चीनतर्फ चार दशमलव नौ प्रतिशतले निर्यातमा कमी आएको छ । अन्य मुलुकतर्फको निर्यात छ दशमलव शून्य प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा जिंक सिट, अलैंची, पार्टिकल बोर्ड, ऊनी गलैँचा, चिया लगायतका वस्तुको निर्यात बढ्दा सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ ।
समीक्षा अवधिमा निर्यातसँगै विदेशी वस्तुको आयातमा समेत कमी आएको छ । गत आवको तुलनामा आयात १९ दशमलव १ प्रतिशतले घटेर रु १० खर्ब ५८ अर्ब ३९ करोडमा सीमित भएको छ ।
अवधिमा भारतमा १७ दशमलव छ प्रतिशत र चीनमा २१ दशमलव सात प्रतिशतले आयातमा कमी आएको हो । यस्तै, अन्य मुलुकबाट हुने आयातमा समेत २१ दशमलव चार प्रतिशतले कमी आएको छ ।
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पञ्ज आइरन, सुन, अन्य स्टेशनरी सामानलगायतका वस्तुको आयात बढ्दा सवारी साधन तथा स्पेयर पार्टस्, औषधी, एमएस विलेट, कच्चा भटमासको तेल, दूरसञ्चारका उपकरण तथा पार्ट्स लगायतका वस्तुको आयात घटेको हो ।
निर्याततर्फ भैरहवा, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ भने आयाततर्फ सम्पूर्ण प्रमुख नाकाबाट कमी आएको उल्लेख छ ।
समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १७ दशमलव नौ प्रतिशतले कमी आई रु ९ खर्ब ५३ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ३४ दशमलव पाँच प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा निर्यात-आयात अनुपात नौ दशमलव नौ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११ दशमलव तीन प्रतिशत थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु ८५ अर्ब १२ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लोवर्षको सोही अवधिमा यस्तो आयात रु एक खर्ब ४७ अर्ब तीन करोड बराबरको भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकी डलरदेखि क्यानेडियन डलरसम्मको भाउ घट्यो
मंसिर ८, २०८१ शनिबार
१३ पैसाले बढ्यो अमेरिकी डलर, युरो र पाउण्ड स्थीर
मंसिर ७, २०८१ शुक्रबार
डलको भाउ स्थिर, युरो घट्यो पाउण्ड बढ्यो
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार
साढे १७ करोड अमेरिकी डलर लगानीमा मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माण सुरु
मंसिर ८, २०८१ शनिबार
अमेरिकी डलरदेखि क्यानेडियन डलरसम्मको भाउ घट्यो
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनको बिजुली
मंसिर ८, २०८१ शनिबार
५०० पसलमा २० मात्रै नियमअनुरुप चलेका भेटिए
मंसिर ८, २०८१ शनिबार