कोकाहा खानेपानी सहयोगको लागि आयोजित च्यारिटी कन्सर्टमा हजारौको भिड
नेपालबहस संवाददाता
चैत २८, २०७९ मंगलबार १७:१९:४८
२८ चैत, धरान। धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङ्गले देशविदेशबाटआर्थिक सहयोग र श्रमदान बाट दैनिक कोकाहाबाट धरानसम्मको करिब २७ किलोमिटरको लामो दुरीमा पाइप तान्ने काम भईरहेको छ।
मेयर साम्पाङ्गको यहि कोकाहा खानेपानी सहयोग अभियानमा सहयोग पुर्याउने अभिप्रायले सिल्भर इन्टरटेन्मेन्टको आयोजनामा गत चैत्र २५ गते शनिबार 'अ च्यारिटी कन्सर्ट फर कोकाहा खानेपानी धरान' नामक सांगीतिक कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ।
धरानको वडा नं २० स्थित कोकाहा खोलाको पानीलाई छिमेकी नगर बराहक्षेत्र हुदै धरान ल्याउन १४० mm को २० फिटे पाइप करिब ४५०० वटा आवश्यक रहेको छ। र दैनीक आर्थिक सहयोग र श्रम सहयोगको क्रम चलिरहेको यो योजनाको लागी पाइप खरिदमै मात्र ३ करोड बढी खर्च हुने अनुमान गरिएको छ ।
यही योजनाको लागी सहयोग जुटाउनआयोजित कन्सर्टमा नेपालका चर्चित गायक, गायिकाहरुले निःशुल्क गीत गाएका थिए । धरान १२ स्थित पब्लिक स्कुलको मैदानमा आयोजित कन्सर्टमा अहिलेसम्मकै ठुलो संख्यामा दर्शकहरुको उपस्थिति रहेको थियो । कन्सर्टमा चर्चित गायक राई इज किङ राजेश पायल राई, वरिष्ठ गायक दीप श्रेष्ठ, दीपक लिम्बु, प्रविशा अधिकारी, एकदेव लिम्बु, डिल्ली फोम्बो एण्ड ब्याण्ड, द वाकिङ क्लाउड ब्याण्ड, रोहित मास्केले पनि गीत गएका थिए ।
कन्सर्टमा मेयर साम्पाङले पनि गीत गाउदा उत्साहको लहर छाएको थियो । वडा नं २ का वडाअध्यक्ष रमेश राईले गीत गराउदा मेयर साम्पाङसँगै उपमेयर अइन्द्रबिक्रम बेघा पनि छमछमी नाचेका थिए । धरान नृत्य कला प्रतिष्ठानले आकर्षक नृत्य प्रस्तुत गरेको थियो । अन्तिम प्रस्तुतीकोरुपमा गायक राजेश पायल राईको गीत सकिदा मध्यराती साढे १२ बजे बजिसकेको थियो । कार्यक्रम संचालन कान्तिपुर एफ एमका चर्चित आरजे महेश लिम्बु संगै इक्सा मादेन र गोबिन राजभण्डारीले गरेका थिए।
मेयर साम्पाङले निःशुल्क गीत गाउन आएका कलाकारहरु बिशेष आभार प्रकट गर्दै कार्यक्रम ऐतिहासिक भएको बताए । उनले कोकाहा खानेपानी अभियानलाई कलाकारहरुले पनि साथ दिएको भन्दै जसरी पनि पानी ल्याएरै छोड्ने बताए । कलाकारहरुले पनि मेयर साम्पाङ जनताको हितमा दिनरात खटिएको कारण आफुहरु पनि सहयोग गर्न धरान आएको बताएका थिए । कार्यक्रमकी संयोजक एवं गीतकार मिना सिंगकले सांगीतिक साँझ भव्यरुपमा सम्पन्न भएको र आयव्यय केही दिनमा सार्वजनिक गरिने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवाआमालाई सुनाउन पाइनन्”
मंसिर २१, २०८१ शुक्रबार
गायिका स्मिता दाहालले गरिन् इन्गेजमेन्ट
मंसिर १८, २०८१ मंगलबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
श्रमदान गरेर तमोर नदीमा काठे पुल निर्माण
पुष १, २०८१ सोमबार
धरानमा फस्टाउँदै सिद्रा व्यापार
पुष १, २०८१ सोमबार
पुस १ गते: लोकतन्त्रमाथि ‘कू’ भएको स्मृतिमा कालो दिवस मनाइँदै
पुष १, २०८१ सोमबार
पत्रकार महासंघको कार्यसमितिमा को-को निर्वाचित भए ?
पुष १, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १, २०८१ सोमबार
इजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार