धार्मिक सहिष्णुता र सामाजिक सद्भाव धमिलो पार्ने षड्यन्त्र कसैले नगरौँ : मेयर सिंह
आबिद हुसेन
चैत २८, २०७९ मंगलबार १७:४७:१४
२८ चैत, बीरगञ्ज । बीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले पछिल्ला केही समय यता बीरगञ्जको सामाजिक सद्भाव धमिलो पार्ने षड्यन्त्र भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
धर्मको नाममा केही व्यक्तिले वर्षौँदेखिको धार्मिक सहिष्णुता तथा यहाँको सामाजिक सद्भाव खल्बलिने गतिविधि गरेको भन्दै चिन्ता जाहेर गरेका हुन् । आशा किरण केन्द्रद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले बीरगञ्ज सबै जातजाति, भाष, धर्मको साझा फुलबारी रहेकाले यो सद्भाव विगार्न नहुने बताए ।
हिन्दुले मुस्लिमलाई, मुस्लिमले हिन्दुलाई गर्ने सम्मान र सद्भाव केही उच्छृङ्खल व्यक्तिका कारण धरासायी हुन नहुने भन्दै सबै संयमित भएर काम गर्नु पर्ने बताए । आफ्नो धर्म संस्कृतिको रक्षा आफैँले गर्नु पर्ने भन्दै उनले एउटा धर्म मान्नेले आफ्नो स्वार्थका लागि अर्को धर्म समुदायलाई हानी हुने काम गर्न नहुने बताए ।
वर्षमा एक पटक झण्डा, तरबार बोकेर सडकमा निस्कँदैमा धर्मको रक्षा हुन नसक्ने भन्दै उनले समाजमा रहेका कुरिति, गरिबि हटाउन सहयोगीभावमा समर्पण हुनु पर्नेमा जोड दिए । हामीसँग भएका मन्दिरको संरक्षण छैन । भएका मन्दिरमा पुजारी छैन । पुजा गर्ने सामग्री छैन,’ उनले भने, ‘वर्षमा एक दिन झण्डा र तरबार बोकेर प्रदर्शन गर्दैमा धर्म रक्षा हुन सक्दैन ।’
भएका मन्दिरको संरक्षण गर्दै त्यहाँ पुजापाठ गर्ने व्यवस्था मिलाउने तर्फ ध्यान दिँदै सबैलाई जुटाउनेतर्फ काम भए मात्रै धर्म र धार्मीक सहिष्णुता कायम हुने उनले बताए । ‘भएका मन्दिरको संरक्षण गर्नु जरुरी छ, त्यसलाई सौन्दर्यकरण गर्नु छ । पुजारी र पुजा गर्ने सामानको व्यवस्थापन गर्नु पर्ने छ । यता तर्फ कसले ध्यान दिने ?’ उनले प्रश्न गरे ।
मुस्लिम समूदायका केही व्यक्ति पनि हिन्दु धर्मका बारेमा अनर्गल प्रचार गर्ने र सद्भाव खल्बल्याउने गरी वक्तव्य दिएको भेटिएकाले त्यस्ता कार्य तत्काल रोकेर वर्षौदेखि कायम धार्मिक सहिष्णुता र सामाजिक सद्भाव अझै मजबुत बनाउनेतर्फ ध्यान दिनु पर्ने बताए ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा थप तीन नयाँ बिरामीमा पोलियो सङ्क्रमण पुष्टि
मंसिर ९, २०८१ आइतबार
मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’
मंसिर ९, २०८१ आइतबार