भोली अन्तरिक्ष उडानको ६३ औँ वार्षिकोत्सव मनाइने
नेपालबहस संवाददाता
चैत २८, २०७९ मंगलबार १८:३:१५
२८ चैत, काठमाडौं । अन्तरिक्षमा पहिलो मानव उडानका उपलक्ष्यमा बुधबार ६३ औँ वार्षिकोत्सव मनाइँदै छ । आजभन्दा ६२ वर्ष पहिले मानव इतिहासमा पहिलो पटक रुसी युवक युरी गागरिनले सोभियत रकेट ‘भोस्तोक’मा गुरुत्वाकर्षणको बललाई जित्दै अन्तरिक्षमा नियन्त्रित उडान भर्ने महान् लक्ष्य पूरा गरेका थिए । यसरी पृथ्वी नजिकको कक्षमा मानवसहितको योग्य उडानको एक भव्य प्रक्रियाको प्रारम्भ भई हाम्रा पुर्खाको सपनाले एउटा साकार रूप प्राप्त भएको थियो ।
गागरिनका अतिरिक्त अन्तरिक्ष अन्वेषणका क्षेत्रमा पहिलो नाम दर्ज गराउनेमा रुसी कस्मोनाट एलेक्सी लियोनोभ 'जसले पहिलो स्पेसवाक सम्पन्न गरेका थिए', भ्यालेन्टिना तेरेस्कोभा 'पहिलो महिला अन्तरिक्ष यात्री' र अन्य सोभियत र रुसी अन्तरिक्ष अन्वेषकले पृथ्वी नजिकको कक्षमा उडानको अवधि र जटिलताका लागि विश्व अभिलेख कायम गरेका छन् ।
अहिलेसम्म ३८ देशका करिब छ सय व्यक्ति अन्तरिक्षमा पुगिसकेको यहाँस्थित रुसी महासङ्घको राजदूतावासले जनाएको छ । हजारौँ वैज्ञानिक प्रयोग सम्पन्न गरिसकिएको छ, अन्तरिक्ष स्टेसन र टेलिस्कोप पृथ्वी नजिकको कक्षमा राखिएको छ । लगभग पाँच हजार कृत्रिम पृथ्वी उपग्रह ग्रहको सतहबाट विभिन्न दूरीमा अन्तरिक्षमा काम गर्छन् । अन्तरिक्ष उडानको तयारी र क्रममा दुई सय २८ जनाको मृत्यु भएको बताइएको छ ।
तत्कालीन सोभियत सङ्घ र त्यसपछि रूसी सङ्घ, धेरै अन्तरिक्ष कार्यक्रमको प्रारम्भकर्ता बन्यो र सधैँ त्यस्ता कार्यक्रमको विशेष शान्तिपूर्ण प्रकृतिको वकालत गर्दै आएको छ । विश्वका धेरै देशले विभिन्न अन्तरिक्ष अन्वेषणमा भाग लिइरहेका छन् र यस क्षेत्रमा हुने गरेको अन्तर्राष्ट्रिय सहयोगले साँच्चै ब्रह्माण्डीयस्तर हासिल गरेको राजदूतावासको विज्ञप्तिमा जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
मंसिर ११, २०८१ मंगलबार
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
मंसिर ९, २०८१ आइतबार
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
मंसिर ९, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार