भाषा मात्रै पढ्न जाने विद्यार्थीलाई एनओसी दिन राेक
नेपालबहस संवाददाता
चैत २८, २०७९ मंगलबार १८:४:३६
२८ चैत, काठमाडौं । सरकारले भाषा मात्र पढ्न विदेश जान चाहने विद्यार्थीलाई नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नदिने भएको छ । यसका साथै प्लस टू पास गरेर विदेशमा अध्ययनमा जानेले मात्र एनओसी पाउनेछन् ।
शिक्षा मन्त्रालयले हालै ल्याएको निर्देशिकाले यस्तो व्यवस्था गरेको हो । निर्देशिका अनुसार अबदेखि कक्षा १२ पास नगरेका विद्यार्थी पढ्नका लागि विदेश जान पाउने छैनन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा मन्त्रालयसमेत जिम्मेवारी सम्हालेका बेला गएको फागुन १८ मा एनओसीमा कडाइपूर्ण व्यवस्थासहित निर्देशिका जारी गरिएको हो । निर्देशिका यही चैत १९ गतेदेखि लागु भइसकेको छ । नयाँ नियमअनुसार स्नातक र त्यसभन्दा माथिल्लो तह पढ्न विदेश जाने विद्यार्थीले अनुमति पाउने शिक्षा मन्त्रालयको उच्च शिक्षा महाशाखाले जनाएको छ ।
शाखाका अनुसार विदेशमा डिप्लोमा वा कुनै भाषा कोर्स गर्नका लागि मात्रै अबदेखि विद्यार्थी जान पाउँदैनन् । निर्देशिकामा योग्यता पुगेका विद्यार्थीका लागि एनओसी लिन सहजताका लागि अनलाइनबाट सेवा दिने व्यवस्था मिलाइएको छ ।
भाषा कोर्स र तालिम तथा डिप्लोमा पढ्न विदेश जान नदिने गरी सरकारले निर्देशिका ल्याएको भन्दै एजुकेशन कन्सल्टेन्सीहरूले भने असन्तुष्टि जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार
साढे १७ करोड अमेरिकी डलर लगानीमा मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माण सुरु
मंसिर ८, २०८१ शनिबार
अमेरिकी डलरदेखि क्यानेडियन डलरसम्मको भाउ घट्यो
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनको बिजुली
मंसिर ८, २०८१ शनिबार
५०० पसलमा २० मात्रै नियमअनुरुप चलेका भेटिए
मंसिर ८, २०८१ शनिबार
आज जन्म लिने बच्चा सिंह राशीको हुने
मंसिर ८, २०८१ शनिबार