गोंगबुबाट स्लोभाकिया पठाइदिने भन्दै १२ लाख ठगी गर्ने एक जना पक्राउ
नेपालबहस संवाददाता
चैत २८, २०७९ मंगलबार १८:२३:२
२८ चैत, काठमाडौं । वैदेशिक रोजगारीको नाममा स्लोभाकिया पठाइदिने भन्दै १२ लाख ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पाँचथरको फाल्गुनन्द गाउँपालिका ३ घर भई ललितपुर महानगरपालिका–१४ नखिपोट बस्ने ४६ वर्षीय एकराज नेम्वाङलाई प्रहरीले गोंगबुबाट मंगलबार पक्राउ गरेको हो ।
उनले विजय लिम्बूलाई स्लोभाकिया पठाइदिने भन्दै १२ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार एकराजले विजयलाई स्लोभाकियामा पुगेपछि कन्स्ट्रक्सन कम्पनीमा वेल्डिङको काम लगाइदिन्छु, मासिक दुई लाख रुपैयाँभन्दा बढी तलब हुन्छ भनी विश्वास दिलाएर पीडितबाट पटकपटक गरी १२ लाख रुपैयाँ लिएका हुन् ।
वैदेशिक रोजगार विभागबाट पक्राउ गरी उपस्थित गराइदिन पत्राचार भएसँगै कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले एकराजलाई गोंगबुबाट पक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाइएको राठौरले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
पुष २५, २०८१ बिहिबार
सहकारीका प्रबन्धकलाई कुटपिट गर्ने पाँच जना पक्राउ
पुष २५, २०८१ बिहिबार
सार्वजनिक लेखा समितिका सभापति पोखरेलका स्वकीय सचिव पक्राउ
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार
अध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
लेखा समिति सभापतिका पुर्व पीए पोखरेल ५ दिन हिरासतमा बस्ने
पुष २५, २०८१ बिहिबार
प्रधानमन्त्री कप क्रिकेटको उपाधि बैतडीले जित्यो
पुष २५, २०८१ बिहिबार