सन नेपाल लाइफ इन्स्योरेन्सको दुई वर्षको एजीएम एकैपटक बस्दै
नेपालबहस संवाददाता
चैत २९, २०७९ बुधबार १२:८:२२
२९ चैत, काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको साधारणसभा बुधबार बस्दै छ । कम्पनीको दुई आर्थिक वर्षको ५औं र ६औं वार्षिक सभा एकैपटक बस्न लागेको हो । सभामा आर्थिक वर्ष २०७७/०७८ र २०७८/०७९ को वार्षिक प्रतिवेदनमा पनि छलफल हुनेछ ।
यस्तै, सभामा लेखा परीक्षकको नियुक्त गर्ने एजेन्डा र निजको पारिश्रमिक निर्धारण गर्ने छ । यसैगरी, ९६ लाख कित्ता आइपीओ सन् नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियममा बिक्री खुला गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । धितोपत्र बोर्डबाट अनुमति पाएपछि आइपीओ निष्कासनको थप प्रक्रिया अघि बढ्नेछ ।
कम्पनीले १०० रुपैयाँमा १५० रुपैयाँ ५५ पैसा प्रिमियम जोडेर प्रतिकित्ता २५० रुपैयाँ ५५ पैसामा आइपीओ बिक्री अनुमति मागेको हो ।
यसमा बिक्री प्रबन्धकको काम एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ । हाल यसको चुक्ता पुँजी २ अर्ब २४ करोड रुपैयाँ रहेको छ । आइपीओ निष्कासन भएपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब २० करोड रुपैयाँ हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
पुष २५, २०८१ बिहिबार
बागमती खेलकुद परिषदमा थप ६ जना नियुक्त
पुष २५, २०८१ बिहिबार
जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार