'बेग्लै आकाश' र 'खटप्वाल' सार्वजनिक
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
चैत २९, २०७९ बुधबार १२:५४:५
![](https://nepalbahas.prixacdn.net/media/albums/upanyas_L1NWk2X2N2_2LmyzPxdEH.jpg)
२९ चैत, काठमाडौं । साहित्यकार, पत्रकार घनेन्द्र ओझाद्वारा लिखित 'बेग्लै आकाश' र प्रमोद प्याकुरेलद्वारा लिखित उपन्यास 'खटप्वाल' सार्वजनिक गरिएको छ । काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा १४ जना विविध क्षेत्रमा स्थापित विशिष्ट व्यक्तित्वहरूको संक्षिप्त जीवनी समेटिएको पुस्तक ुबेग्लै आकाशु पुस्तकमा समेटिएका व्यक्तित्वहरूबाटै गरिएको थियो भने 'खटप्वाल' प्रमुख अतिथि समालोचक रमा शर्मा, गीतकार, चलचित्रकर्मी यादव खरेल, समालेचकहरू महेश पौड्याल, डा. अशोक थापा, लेखक प्याकुरेललगायतले गरेका थिए ।
'बेग्लै आकाश'माथि संक्षिप्त टिप्पणी गर्दै समालोचक पौड्यालले नेपाली साहित्य, प्राध्यापन, बैंकिङ, राजनीतिलगायत विविध क्षेत्रमा आफ्नो विशिष्ट पहिचान बनाइसकेका व्यक्तित्वहरूका जीवन संघर्ष, साहित्यरसंगीतयात्रा, राजनीतिक संघर्ष, सरकारी जागिरका सकस आदिबारे बुझ्न यो पुस्तक उपयोगी हुने बताए ।
पौड्यालले यस पुस्तकमा समेटिएका व्यक्तित्वहरू स्वयंमा आमजनका प्रेरणा रहेका भन्दै उनीहरूका लुकेका पाटाहरू पनि पुस्तकमा उजागर हुनु तथा उनीहरूका भोगाइ र संघर्षले पाठकलाई छुट्टै ऊर्जा दिने र हार नखाई संघर्ष गर्न प्रेरित गर्ने धारणा राखे ।
यसरी नै 'खटप्वाल'भित्र छिर्दै समालोचक डा. अशोक थापाले प्रमोद प्याकुरेलले नेपाली ग्रामीण जीवनका चित्र उपन्यासमा उतारेका बताए । प्रकृतिको मानवीकरण गर्दै दार्शनिक तवरले समकालीन नेपाली समाजका यथार्थ उपन्यासमार्फत प्रकट गरेका उनको भनाइ थियो ।
लेखक ओझाले 'बेग्लै आकाश'माथि लैंगिक हिसाबले एकपक्षीय भएको, आधा आकाश महिलालाई बेवास्ता गरिएको भनेर व्यापक आलोचना भएकोतर्फ इङ्गित गर्दै आफू विभेदकारी संस्कारबाट नआएकाले लैंगिक, जतीय वा यस्ता कुनै भासबाट मुक्त भएकाले आरक्षण कोटाका नाममा १-२ जना महिला नराखेको खुलाए । उनले भने, 'कोटा पुर्याउने राजनीतिक तरिका ठिक लाग्दैन, नेपाली समाजमा छुट्टै र विस्तृत अध्ययन गर्नुपर्ने प्रशस्त महिलाहरू हुनुहुन्छ, उहाँहरूबारे लेखिनेछ ।'
'बेग्लै आकाशुमा लोकेन्द्रबहादुर चन्द, यादव खरेल, डा. विमल कोइराला, प्रा.डा. कृष्णहरि बराल, प्रतीक ढकाल, कृष्ण धरावासी, डा। भोजराज घिमिरे, केशव भट्टराई, शंकर कोइराला, डा. घनश्याम न्यौपाने 'परिश्रमी', चूडामणि देवकोटा, डा. रामप्रसाद ज्ञवाली, दिनेश अधिकारी र शक्तिबल्लभका जीवनी समेटिएको छ ।
दुवै पुस्तक पेज टर्नर प्रा.लि.ले प्रकाशन गरेको हो । 'बेग्लै आकाश'को मूल्य ५०० रुपैयाँ छ भने 'खटप्वाल'को मूल्य ४५० रुपैयाँ राखिएको छ ।
पेज टर्नर प्रा.लि.का अध्यक्ष भरत पौडेलले पेज टर्नर नेपाली प्रकाशनका क्षेत्रमा नयाँ भएको तर यसले नेपाली भाषा र साहित्यका क्षेत्रमा गहन काम गर्ने सोचअनुसार काम गरिरहेकाले सबैको साथ, सल्लाह, सुझाव र सहयोगको अपेक्षा गरे । कार्यक्रममा निरूपणडटकम साहित्यिक अनलाइन र ट्विलाइटजुनियरडटकम बालकेन्द्रित अनलाइनको शुभारम्भसमेत गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआख्यानकार थापाको उपान्यास ‘मेरा गाउँको खड्क्या मन्त्री’ को विमोचन
माघ १४, २०८१ सोमबार
मण्डलामा ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने
पुष २४, २०८१ बुधबार
आजदेखि नाटक ‘हरि हजुरबा’ मञ्चन हुने
पुष ४, २०८१ बिहिबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
सांसद ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभाबाट खेद प्रस्ताव पारित
फागुन ४, २०८१ आइतबार
स्काभेटरले पल्टाएको ढुंगा लागेर विद्यार्थीको मृत्यु
फागुन ४, २०८१ आइतबार
बढ्दो भ्रष्टाचारले नेपाल अन्तर्राष्ट्रियस्तरमा बदनाम भयो : शेखर कोइराला
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
प्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार
चिकित्सकले मानिसको स्वास्थ्य परीक्षणको लागि नङ हेर्न सक्छन् ?
फागुन ४, २०८१ आइतबार