विभिन्न स्थानबाट लागुऔषधसहित ७ जना पक्राउ
नेपालबहस संवाददाता
चैत २९, २०७९ बुधबार १३:५८:८
२९ चैत, काठमाडौं । देशका विभिन्न स्थानबाट सातजना लागुऔषधसहित पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट अवैध लागूऔषध गाँजा ३ सय ५० ग्रामसहित सोही ठाउँ बस्ने काभ्रे घर भएका १७ वर्षीय किशोरसमेत दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
झापाको कनकाई नगरपालिका-२ जामुनखाडी सिमसारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ३ सय मिलिग्राम, नगद ३४ हजार रूपैयाँ र मोवाइल ३ थानसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४० वर्षीय भानु दाहाल, ईलाम माई नगरपालिका-८ बस्ने ३९ वर्षीय आश बहादुर लिम्बु र ३२ वर्षीय उमेश राई रहेका छन् ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरीले भानु दाहालको घर तलासी गर्दा उक्त पदार्थसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले मे.९ प ९२९६ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
बर्दियाको बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ६ सय ३० मिलिग्रामसहित सोही गाउँपालिका-२ सितापुर बस्ने ३९ वर्षीय रमेश बुढासमेत दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.९ प ९४१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ
जेठ १४, २०८१ सोमबार
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
जेठ १४, २०८१ सोमबार
अनलाइन मार्फत रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ
जेठ १४, २०८१ सोमबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार