बैतडी जीप दुर्घटनाबारे संसदमा कुरा उठ्यो, पीडितलाई क्षतिपूर्ति माग
नेपालबहस संवाददाता
चैत २९, २०७९ बुधबार १४:६:४५
२९ चैत, काठमाडौं । मंगलबार राति बैतडीमा भएको भयानक जीप दुर्घटनाबारे बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले कुरा उठाएका छन् ।
नेकपा (एकीकृत समाजवादी)का सांसद भानुभक्त जोशीले बैतडीको झौंलेकमा जीप दुर्घटनामा परी आफन्त गुमाएका पीडितहरुका लागि तत्काल उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । दुर्घटनामा परी बझाङको केदारस्युँ गाउँपालिका–५ बाज गाउँका ६ जनाको ज्यान गएको थियो ।
सांसद जोशीले रोजगारीका लागि भारतमा श्रम गरी बझाङ घर फर्किएनका मजदुरहरु सवार सो जीप दुर्घटनामा परी ६ जनाको ज्यान गएको बताउँदै पीडितलाई तत्काल क्षतिपूर्तिको उचित व्यवस्था गर्न गृह मन्त्रालयसँग माग गरे । मृतकहरुको शव बैतडीको पाटन अस्पतालमा राखिएको छ । उक्त दुर्घटनामा ५ जना घाइते भएका छन् । उचित क्षतिपूर्ति पाउनुपर्ने माग राख्दै मृतक परिवारले शव बुझन मानेका छैनन् । दुर्घटनाको छानबिन माग गरेका छन् ।
बझाङ जाँदै गरेको से १ ज ७६४ नम्बरको उक्त दुर्घटनामा बाजका काका ६१ वर्षीय मने बोहरासहित ३९ गोरख बोहरा, ४० वर्षीय नरे बोहरा, ४६ वर्षीय बिर्ख बोहरा, ४४ वर्षीय मानबहादुर धामी र ५० वर्षीय वीरे धामीको निधन भएको थियो । दुर्घटनामा जीप क्षतिग्रष्त भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार