समिट होटलमाथि छानबिन गर्न संसद बैठकमा माग
नेपालबहस संवाददाता
चैत २९, २०७९ बुधबार १५:३४:३२
२९ चैत, काठमाडौं । बुधबार संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठकमा ललितपुृरको कुपण्डोलमा निर्माणधीन समिट होटलको वैधानिकतामाथि छनबिन गर्न सांसदहरूले माग गरेका छन् ।
बैठकको शुन्य समसयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले बाक्लो बस्तीबीच निर्माण सुरु भएको होटल समिटको वैधानिकताबारे सम्बन्धित निकायले तत्काल छानबिन सुरु गर्न माग गरिन् । उनले देशैभरका निर्माणधी ठूला भवन, होटेल, अपार्टमेन्ट लगायत भौतिक संरचनाको अवैधानिकता र आवश्यकताबारे छानबिन हुनुपर्ने बताइन् ।
चौधरी ग्रुको लगानीमा १६ रोपनीमा बनाउन लागिएको समिट होटलको जग खन्ने क्रममा आसपासमा रहेका बासिन्दाको घरहरू भासिएका थिए । सडक समेत भासिएर सडक अवरुद्ध भएको छ । जमिन भासिने र घरहरु चर्किने क्रम रोकिएको छैन ।
सांसद कार्कीले समिट होटल नक्सा पास, बिना इआईए एनलाइसिसको काम नभएकै अवस्थामा बनाउन सुरु गरेका कारण दुर्घटना भएको बताउँदै घटनाको छानबिन गर्न र दोषीमाथि कारवाही गर्न संसदीय समिति गठनको माग गरिन् ।
सांसद राजेन्द्र पाण्डले पनि समिट हाेटलकाे कागजपत्र जाँच गर्न माग गर्दै दाेषीलाइ कारवाहीकाे दायरामा ल्याउन माग गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल एयरलाइन्सले रुट अनुसार अन्तर्राष्ट्रिय उडानमा २५०० देखि ५ हजारसम्म घटायो भाडा
मंसिर ६, २०८१ बिहिबार
अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार