संसदमा उठ्यो कर्मचारी युनियन खारेज गर्नुपर्ने आवाज
नेपालबहस संवाददाता
चैत २९, २०७९ बुधबार १६:२:३५
२९ चैत, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा निजामती कर्मचारी वृत्तमा रहेका कर्मचारी युनयिन खारेज गर्नुपर्ने आवाज जोडदार उठेका छन् ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले निजामती सेवाभित्र रहेका कर्मचारी युनियन खारेज गनुूपर्ने बताए । उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले संघीय निजामती ऐन मस्यौदाबारे बैठकमा राखेको वक्तव्यमाथि धारणा राख्दै कर्मचारी युनियन खारेज गर्ने गरी ऐनको मस्यौदामा बनाउन सुझाव दिए ।
कर्मचारी दलको हुन नसक्ने भन्दै दलीय उनले दलगत कर्मचारी युनियनकै कारण सरकारले जनतालाई प्रभावकारी सेवा दिन नसक्नुको एउटा कारण भएको बताए । ‘कर्मचारी राज्यको हो कि सरकारको ? मन्त्रीज्यूले यति जवाफ दिए हुन्छ’ बाँकी काम संसदले गर्छ’ उनले भने । सेना, प्रहरीले १८ घण्टा काम गरेर तलब खानुपर्ने तर कर्मचारी भने नेताका पछि लाग्ने र दिनमा दुईचार घण्टा काम गरेर तलब पचाउने काम गर्नु बेठीक भएको बताए ।
यस्तै नेमकिपाका सांसद प्रेम सुवालले कर्मचारीलाई घरपायक सरुवा गर्नुपर्ने बताए । पूर्व पश्चिमका कर्मचारीलाई काठमाडौंमा आएर काम गर्न कठिन छ, आउनै मान्दैनन् । उनीहरुलाई घरपायक सरुवा गर्दा सेवामा सहज हुन्छ’ सुवालले भने ।
यस्तै एमालेका सांसद रघुजी पन्तले कर्मचारीको दलीयकरण भइरहेको भन्दै सुधार गर्नुपर्ने बताए । दलको प्रभाव र स्वाथमा कर्मचारी हिँडने गरिएको भन्दै उनले कर्मचारी युनियनलाई अहिलेकै अवस्थामा अगाडि बढाउन नसकिने बताए । दलीय आधारमा गठन गरिने कर्मचारी संगठन तत्काल हटाउने गरी ऐन ल्याउन सुझाव दिए ।
यस्तै कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले कर्मचारीको भूमिका राम्रो हुन सके मात्र राज्यले दिने सेवा जनतामा सहज र छिटो पुग्ने बताए ।
उनले नागरिकलाई राज्यको हरेक सेवा छिटो पुर्याउन र सरकार भएको अनुभूति गराउने गरी संघीय निजामती ऐन ल्याउनुपर्ने बताए । ऐन छिटो ल्याउन माग गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिआरआई परियोजनामा सरकारले ऋण होइन, अनुदान लिन्छः सञ्चारमन्त्री
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बिआरआई परियोजनामा सरकारले ऋण होइन, अनुदान लिन्छः सञ्चारमन्त्री
मंसिर ११, २०८१ मंगलबार
बंगलादेशमा हिन्दु गुरू पक्राउ पछि देशभरी प्रदर्शन
मंसिर ११, २०८१ मंगलबार
इमरानको रिहाइका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु
मंसिर ११, २०८१ मंगलबार
प्रहरीले दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गरायो
मंसिर ११, २०८१ मंगलबार
भक्तपुरमा राजश्व संकलन गत वर्षभन्दा राम्रो
मंसिर ११, २०८१ मंगलबार
आरबीआईका गभर्नर शक्तिकान्त दास अस्पताल भर्ना
मंसिर ११, २०८१ मंगलबार