ब्याजदर घट्दा शेयरबजार ९२ अंकले उकालो
नेपालबहस संवाददाता
चैत २९, २०७९ बुधबार १७:२९:१८
२९ चैत, काठमाडौं । ब्याजदर एकल अङ्कमा झार्ने निर्णयसँगै यसको सकारात्मक प्रभाव शेयरबजारमा देखिएको छ । बुधबार बसेको नेपाल बैंकर्स सङ्घले बैठकले ब्याजदर एकल अङ्कमा झार्ने निर्णय गरेको थियो ।
ब्याजदर घटाउने निर्णयसँगै आजको कारोबारमा नेप्से परिसूचक ९२ दशमलव २२ अङ्क अर्थात् चार दशमलव ९३ प्रतिशतले बढेर एक हजार नौ सय ६३ दशमलव ५५ अङ्क कायम भएको छ ।
नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि वृद्धि भएको छ । आज दुई सय ६७ वटा कम्पनीको ६१ लाख सात हजार चार सय २५ कित्ता शेयर ४७ हजार दुई सय ८५ पटक खरिदबिक्री हुँदा रु एक अर्ब ९७ करोड ६० लाख ७६ हजार बराबरको कारोबार भएको छ ।
आज सबै समूहको उपसूचक हरियो देखिएको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक चार सय ४२ दशमलव ३३ र निर्जीवन बीमा समूहको उपसूचक तीन सय ४३ दशमलव २९ अङ्कले बढेको छ ।
आज बैङ्किङ समूह ६६ दशमलव तीन, विकास बैंक समूह एक सय ९७ दशमलव ८०, वित्त समूह एक सय आठ दशमलव २१, होटल तथा पर्यटन समूह एक सय १८ दशमलव ३६ र जलविद्युत् समूह एक सय २० दशमलव २८ अङ्कले बढेको छ ।
त्यसैगरी लगानी समूह दुई दशमलव ६९, उत्पादन तथा प्रशोधन समूह दुई सय १८ दशमलव २०, लघुवित्त समूह एक सय ७२ दशमलव ६७, म्युचुअल फन्ड शून्य दशमलव ३९, व्यापार समूह ८४ दशमलव २१ र अन्य समूह ४७ दशमलव ५५ अङ्कले बढेको छ ।
आज आधा दर्जनभन्दा बढी कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सिद्धार्थ इक्विटी फन्ड, सिटिजन्स म्युचुअल फन्ड, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२, आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड, खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड, कालिञ्चोक दर्शन लिमिटेड र गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
आज तीनवटा कम्पनीको शेयर मूल्य मात्रै घटेको छ । एभरेस्ट बैंक लिमिटेड डिभेन्चर–२०८६ को मूल्य एक दशमलव ९९, सिभिल बैंक डिभेन्चर–२०८८ को मूल्य एक दशमलव १९ र सिद्धार्थ बैंक लिमिटेड डिभेन्चर–२०८३ ९१० दशमलव २५ प्रतिशत० को मूल्य शून्य दशमलव ५५ प्रतिशतले घटेको हो ।
कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज शिवम् सिमेन्ट लिमिटेडको सबैभन्दा धेरै रु ११ करोड ७१ लाख ३५ हजार तीन सय ४२ बराबरको दुई लाख ८५ हजार आठ सय २६ कित्ता शेयर किनबेच भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्से आज शून्य दशमलव ७९ अङ्कले उकालो
जेठ ३, २०८१ बिहिबार
शेयरबजारमा नौ दशमलव ५४ अङ्कको गिरावट
जेठ २, २०८१ बुधबार
साताको पहिलो कारोबार दिन नेप्से ओरालो यात्रामा
बैशाख २३, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
लेनडाँडा सुरुङमार्गको 'ब्रेक थ्रु'
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने
जेठ ४, २०८१ शुक्रबार
मालिक रिसाउनुमा यी ग्रहको भूमिका, जान्नुहोस् हाकिमको स्वभाव
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद, सबैले लिए शपथ
जेठ ४, २०८१ शुक्रबार
आजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
भलिबल खेलाडीलाई सेनाको सहयोग
जेठ ४, २०८१ शुक्रबार