रौतहटको गरुडा नगरपालिकामा तालाबन्दीका क्रममा झडप, प्रहरीद्वारा हवाइ फायर
नेपालबहस संवाददाता
चैत २९, २०७९ बुधबार १८:११:१७
२९ चैत, काठमाडौं । गरुडा नगरपालिकाको कार्यालयमा तालाबन्दीको प्रयासलाई रोक्ने क्रममा भएको झडपमा ६ प्रहरी घाइते भएका छन् ।
झडप रोक्न प्रहरीले हवाई फायर गरेको थियो । यसअघि राखेका मागबारे नगरपालिकाले बेवास्ता गरेको भन्दै स्थानीय दीपक यादवको समूहले कार्यालयमा ताला लगाउन खोज्दा प्रहरीले रोकेको र सो क्रममा समूहका आएका युवाहरुले ढुंगामुढा प्रहार गरेका थिए ।
त्यसपछि भएको झडपमा प्रहरीले अवस्था नियन्त्रण बाहिर जान नदिन ४ राउण्ड हवाई फायर गरेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताए । उनका अनुसार थुप्रै संख्यामा अश्रु ग्यास समेत प्रहार गरिएको थियो ।
ढुंगा प्रहारमा केही स्थानीय समेत घाइते भएका छन् । उनीहरुको स्थानीय स्तरमा उपचार भइरहेको बताएका छन् । घाइतेमध्ये एक युवककाे अवस्था गम्भीर रहेकाे जनाइएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
प्रतिबन्धित औषधीसहित झापाबाट एक जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
३३.४१ अंकले बढेर २७१६ मा उक्लियो नेप्से, तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट
मंसिर ११, २०८१ मंगलबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
मनाङ मर्स्याङदीलाई पराजित गर्दै संकटा विजयी
मंसिर ११, २०८१ मंगलबार
पहिलो हिट फिल्म भए पनि काम पाइन: अल्लु अर्जुन
मंसिर ११, २०८१ मंगलबार
एसीसी यु-१९ एसिया कप खेल्ने नेपाली टोलीको बिदाइ
मंसिर ११, २०८१ मंगलबार