नयाँ बर्षमा ‘काठमाण्डौं ह्यान्डिक्राफ्ट’को छुटैछुट, एकै छानामुनी भएभरका सामान
नेपालबहस संवाददाता
चैत ३०, २०७९ बिहिबार ११:३४:३
३० चैत, भक्तपुर । भक्तपुरको लोकन्थलीमा रहेको ‘काठमाण्डौं अनलाइन ह्यान्डिक्राफ्ट सप प्रा.लिद्धारा सञ्चालित फ्यान्सी एण्ड कल्चरल सुपरमार्केटले नयाँ बर्ष बिं.सं २०८० सालको अवसरमा ग्राहकसमक्ष छुट अफर ल्याएको छ । सुपरमार्केटलले हरेक सामानमा २० प्रतिशत छुटको योजना सार्वजनिक गरेको हो । यस योजना ०८० साल बैशाख १५ गतेसम्मका लागि सार्वजनिक गरिएको सुपरमार्केटका सञ्चालक कुमार उप्रेतिले बताए ।
हालसालै संञ्चालनमा आएको सो सुपरमार्केटमा एउटा मान्छेलाई जन्मेदेखि मृत्युपर्यन्त आवश्यक पर्ने सबै सामानहरु उपलब्ध रहेको सञ्चालक उप्रेतिले बताए । नेपालमा तमाम चिजहरु एकै ठाउँमा पाइने सुविधा भएको सुर्परमार्केट यो नै पहिलो भएको उनको दाबी छ । खासगरी विवाह, बर्तमन, पुजाआज, विभिन्न इभेन्टहरुमा चाहिने सामान देखि ए टु जेट सामानहरु, रेडिमेट फेन्सी सामान, सास्कृति झल्काउने सामानहरु, हेन्डीक्राफ्ट सामानहरु, बुटिक सामानहरु, ग्यारेन्टेट गरगहना, नेपाली मौलिक उत्पादनहरु अझै बढी प्राथमिकता दिएर राखिएको उनले बताए ।
राजनीतिक भद्रगोल, व्यवसायिक वातावरणको अभाव तथा बढ्दो मन्दीको बाबजुत “हामी जोगाउछौं कल्चर” भन्ने मूलनारा लिएर करिब ५ करोडको लगानीमा सो सुपरमार्केट सञ्चालनमा ल्याइएको उनले बताए । अत्यन्तै कल्चर हिसावको सुर्परमार्केट भएकाले हिजोआज आफनो मार्केटमा टिकटक बनाउनेहरुको भिड लाग्न थालेको उनले बताए ।
विगत डेढ दशकदेखि अमेरिका, अष्ट्रेलिया, क्यानाडा लगायतका देशहरुमा कल्चरल तयारी सामाग्रीहरु निर्यात गर्दै आएका सञ्चालक उप्रेतीले आफ्नै देशमा यस्ता वस्तुहरुको आवश्यकता बढेकोले सो व्यवसाय सञ्चालन गर्नु परेको वताए । सो कल्चरल सुपरमार्केटलाई हास्य कलाकार जीतु नेपालले गएको महिना उद्घाटन गरेका हुन् । हामीले नेपालको जातजाती, भाषा–भाषी, रहन सहन, संस्कृति, परम्पराको बस्तुहरु विक्री गरी बढ्दो व्यापार घाटालाई कम गर्न सक्छौं । निर्यात नै देशको अर्थतन्त्रको मेरुदण्ड हो उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार