माई खोला हाइड्रोपावरले आईपीओ बिक्री खुला गर्ने
नेपालबहस संवाददाता
चैत ३०, २०७९ बिहिबार ११:४८:२४
३० चैत, काठमाडौं । माई खोला हाइड्रोपावरले आईपीओ बिक्री खुला गर्ने भएको छ । हाइड्रोपावरले वैशाख ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको हो । उक्त आईपीओमा वैशाख १२ गतेसम्म आवेदन दिन सकिनेछ भने सो समयसम्ममा सबै सेयर बिक्री नभएमा भने वैशाख २४ गतेसम्म खुला रहनेछ ।
कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यसअघि नै आईपीओ बिक्री गरिसकेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले सर्वसाधारणका लागि १२ लाख ६९ हजार ४११ कित्ता सेयर निष्काशन गर्न लागेको छ ।
कुल १५ लाख २९ हजार ४११ कित्ता सेयरमध्ये ७६ हजार ४७१ कित्ता म्युचुअल फन्ड र ३० हजार ५८८ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई खुला गर्न लागेको हो ।
यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । यस आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउने ‘एनपी डबल बी प्लस रेटिङ’ प्रदान गरेको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । सर्वसाधारणले सी–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्से आज शून्य दशमलव ७९ अङ्कले उकालो
जेठ ३, २०८१ बिहिबार
शेयरबजारमा नौ दशमलव ५४ अङ्कको गिरावट
जेठ २, २०८१ बुधबार
साताको पहिलो कारोबार दिन नेप्से ओरालो यात्रामा
बैशाख २३, २०८१ आइतबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
आयआर्जन वृद्धि गर्न अतिविपन्नलाई बाख्रा अनुदान
जेठ ४, २०८१ शुक्रबार
बस्दै नबसी प्रतिनिधिसभा स्थगित, अर्को बैठक जेठ ६ गते बस्ने
जेठ ४, २०८१ शुक्रबार
माथिल्लो तामाकोसी आयोजनाको बाँधस्थल
जेठ ४, २०८१ शुक्रबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
गृहमन्त्रीको विरोधमा संसद भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ
जेठ ४, २०८१ शुक्रबार
कोदोखेतीतर्फ पर्वतका किसानको आकर्षण बढ्दै
जेठ ४, २०८१ शुक्रबार