कांग्रेसले थप पाँच मन्त्री र एक राज्यमन्त्री सरकारमा पठाउने
नेपालबहस संवाददाता
चैत ३०, २०७९ बिहिबार १२:३०:२८
३० चैत,काठमाडौं । नेपाली कांग्रेसले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा थप पाँच मन्त्री र एक राज्यमन्त्री पठाउने भएको छ । अब विस्तार हुने मन्त्रिपरिषदमा कांग्रेसको संस्थापन समूहबाट दुई जना र इतरसमूहबाट तीन जना मन्त्रीसहित एक राज्य मन्त्रीलाई शपथ गराइने भएको छ । मन्त्रिपरिषदको विस्तार भने उपनिर्वाचनमा मात्र गर्ने सरकामति भएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले डा. शेखर कोइराला नेतृत्वको इतरसमूहलाई तीन मन्त्री र एक राज्यमन्त्रीमा नाम दिन भनेको एक नेताले नेपालबहसलाई जानकारी दिएका छन् । उनले तीन मन्त्रमा पक्का भएपनि राज्यमन्त्रीबारे प्रष्ट नभइसकेको बताए । राज्यमन्त्री जुन समूहबाट पनि हुनसक्ने उनको भनाई छ । सभापति देउवाले आफुहरुको पक्षलाई तीन मन्त्री र एक राज्यमन्त्री दिने भएपनि राज्यमन्त्रीबारे निर्णय हुन बाँकी रहेको नेता कोइरालाले बैठकमा जानकारी गराएका थिए ।
कोइरालाको सचिवालयमा बिहीबार बिहान बसेको बैठकमा उपस्थित नेताहरुलाई यस्तो जानकारी गराएका थिए । नेपालबहससँगको कुराकानीमा ति नेताले भने, ‘निर्वाचन आयोगको आचारसंहिताका कारण मन्त्री पठाउने कुरामा अलमल भएको हो । स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालय खाली राख्नु राम्रो कुरा होइन । पहिले नैतिक प्रश्न थियो, अब कानुनी प्रश्न भयो । मन्त्री पठाउने कुरा किन भएन भन्दा पनि चाँडोभन्दा चाँडो पठाउने कुरा छ । अब उपनिर्वाचनपछि नै मन्त्रिपरिषद् विस्तार हुन्छ । यसले उपनिर्वाचनमा नेपाली कांग्रेस एकढिक्का बनाउन सहयोग गरेको छ । अहिले कांग्रेस विभाजित छैन, एकढिक्का छ ।’
कोइराला समूहले मन्त्रीमा पठाउने नामहरु भने बाहिर ल्याएको छैन् । मन्त्रिपरिष विस्तार ढिलो हुने भएपछि अहिलेनै नाम बाहिर ल्याउँदा विवाद हुने र नाम दिएपछि लामो समयसम्म शपथ नहुने हुँदा अहिले रोएिको हो । कसलाई पठाउने भन्नेबार मोटामोटी नाम छनोट भइसकेको छ । यसअघि उपसभापति धनराज गुरुङ, डिगबहादुरलगायतकाको नाम आएको थियो ।
एक राज्यमन्त्रीमा कसलाई पठाउने भन्ने निर्णय भएको छैन् । कांग्रेस सभापति देउवाले पनि निवासमा आफू निकटका नेताहरुसँग आज छलफल गरेका थिए । सो समूहबाट एनपी साउद र मोहन बस्नेत मन्त्री बनाउने तयारी छ । त्यस्तै सुरेन्द्र आचार्यको पनि सम्भावना रहेको बताइएको छ । राज्यमन्त्रीकाबारे देउवा र कोइरालाबीच अर्कै सहमति हुनसक्ने पनि बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
प्रतीक्षा घर सञ्चालनमा आएपछि गर्भवतीलाई सहज
पुष ३, २०८१ बुधबार
ऋचा चड्डा अली फजलद्वारा बनाईएको अद्भुत फिल्मको कथामा के छ ?
पुष ३, २०८१ बुधबार
जवानलाई पछि पार्दै ‘पुष्पा २’ बन्यो सर्वाधिक कमाउने फिल्म
पुष ३, २०८१ बुधबार