महासंघको वरिष्ठ उपाध्यक्ष पदमा दोस्रो चरणको निर्वाचन २ बजेदेखि
नेपालबहस संवाददाता
चैत ३०, २०७९ बिहिबार १३:२५:१४
३० चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि दोस्रोचरणको मतदान दिउँसो २ बजेदेखि हुने भएको छ । कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत नकटाएपछि महासंघले दोस्रोचरणको मतदानको समय २ बजे तय गरेको हो । यसअघि बुधबार सम्पन्न निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि पुनः निर्वाचन हुन लागेको हो ।
पहिलो चरणको निर्वाचनबाट उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ दोस्रो चरणमा प्रवेश गरेका छन् । रामचन्द्र संघाइ बाहिरिएका छन् । महासंघका अनुसार निर्वाचन प्रज्ञा प्रतिष्ठानमै हुने छ । पहिलो चरणको मतदानमा अन्जन श्रेष्ठले ३७.९९, उमेशलाल श्रेष्ठ ३१.९९ र रामचन्द्र संघाईले ३०.४६ मत पाएका थिए । महासंघमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ ।
अहिले चुनावी प्रतिस्पर्धामा रहेका वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरुमध्ये कुनै एक उम्मेदवारले ५० प्रतिशतभन्दा धेरै मत प्राप्त गर्न नसकेपछि पुनः मतदान हुन लागेको हो । महासंघको निर्वाचनमा जिल्लानगरतर्फ ५० प्रतिशत, एसोसिएटतर्फ ३० र वस्तुगततर्फ २० प्रतिशत मतभार हुने गर्छ । त्यसमध्ये जिल्लातर्फ अन्जनले बढी मत ल्याए ।
एसोसिएटतर्फ रामचन्द्रले बढी मत ल्याएका थिए । वस्तुगततर्फ उमेशलालले बढी मत ल्याए । मतभारका हिसाबले संघई बाहिरिएका हुन । अब हुने चरणको निर्वाचनमा सबैभन्दा बढी मत प्राप्त गर्नेमध्येका दुई उम्मेदवार उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविमान चालकको समस्या छिट्टै समाधान हुन्छः वायुसेवा निगम
मंसिर १०, २०८१ सोमबार
मनकामना केबलकार सञ्चालनको २७औं वर्षमा प्रवेश
मंसिर ९, २०८१ आइतबार
नेपाल एयरलाइन्सले रुट अनुसार अन्तर्राष्ट्रिय उडानमा २५०० देखि ५ हजारसम्म घटायो भाडा
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार