नेपाली नयाँ वर्षमा अस्ट्रेलियामा आतिसबाजी गरिने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
चैत ३०, २०७९ बिहिबार १३:५०:१०
![](https://nepalbahas.prixacdn.net/media/albums/canbera_FcBEb9uZMY_Fn0OnpufG3.jpg)
३० चैत, काठमाडौं । नेपाली नयाँ वर्ष २०८० को अवसरमा अस्ट्रेलियामा आतिसबाजी गरिने भएको छ । राजधानी क्यानबेरास्थित लेनक्स गार्डेन, फ्लिन ड्राइभमा आतिसबाजीसहित नयाँ वर्ष मनाउन लागिएको हो। सनातन समाज अस्ट्रेलियाले क्यानबेरामा आतिसबाजी गर्दै नयाँ वर्ष मनाउन लागेको हो। कार्यक्रम स्थानीय समयअनुसार २ बजे सुरु हुनेछ।
कार्यक्रममा यातायात तथा सहरी सेवा मन्त्री क्रिस स्टिल र कम्पिटिसन्स, च्यारिटि तथा ट्रेजरी सहायक मन्त्री डा.एन्ड्रयु लिह् प्रमुख अतिथिका रुमाप रहने छन् भने बिन क्षेत्र, एसिटिका सांसद् डेभिड स्मिथ अतिथिका रुपमा रहनेछन्।
राजधानी क्यानबेरामा अध्ययन, रोजगारलगायत विभिन्न उद्देश्यले अस्ट्रेलिया पुगेका नेपालीहरुको उल्लेख्य बसोबास छ। अस्ट्रेलियामा नेपाल र नेपालीको छुट्टै पहिचान बनाउन नयाँ वर्षमा आतिसबाजी गर्न लागिएको सनातन समाज अस्ट्रेलियाका अध्यक्ष तथा कार्यक्रम संयोजक सन्तोष मल्लले बताए।
‘नेपाली र भारतीयको संस्कार, संस्कृति र चाडपर्वहरू समान छन् । त्यसैले नेपालीलाई पनि भारतीय नै मान्नेहरुको जमात ठूलै छ र हाम्रो आफ्नै पहिचान बन्नसकेको छैन,’ उनले भने, ‘नेपाली र भारतीय फरक हुन्, हाम्रो आफ्नै संस्कृति छ, चालचलनहरू छन्, आफ्नै पात्रो र नयाँ वर्ष छ भनेर जानकारी दिनलाई नयाँ वर्षलाई आतिसबाजीसहित विशेष दिनको मनाउन लागेका हौं।’
दसैं, तिहार, फागु पूर्णिमा लगायतका पर्व नेपाल र भारत दुवैतिर मनाइन्छस यसले नेपाली र भारतीय एकै हुन् भन्ने छाप परेको अध्यक्ष मल्लले बताए । तर, नयाँ वर्ष भने भारतमा इसवी संवत्अनुसार जनवरीमा मनाइन्छ भने नेपालले विक्रम संवत्अनुसार वैशाखमा मनाउने गरेको छ।
कायृक्रममा नेपालको सँस्कृति झल्कने झाँकी, लाइभ म्युजिक, फुड स्टलहरू, डिजे सेसन तथा किड्स पार्कको मजा पनि लिन सकिने अध्यक्ष मल्लले जानकारी दिए। सनातन समाज अस्ट्रेलियाले अघिल्लो वर्ष पनि नेपाली नयाँ वर्षलाई आतिसबाजीसहित स्वागत गरेको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब अबुधाबीबाट पनि श्रम स्वीकृति
फागुन २, २०८१ शुक्रबार
सिड्नीमा नेपाल झल्कने तस्बिर प्रदर्शनी
माघ २२, २०८१ मंगलबार
आगामी वैशाखमा एनआरएनएको दशौँ एकता महाधिवेशन काठमाडौंमा हुने
माघ १४, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार