देशका विभिन्न स्थानबाट लागुऔषधसहित ७ जना पक्राउ
नेपालबहस संवाददाता
चैत ३०, २०७९ बिहिबार १३:५८:३
३० चैत, काठमाडौं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित सातजना पक्राउ परेका छन् । झापाको मेचिनगर नगरपालिका-१३ धाईजन चोकबाट अवैध लागूऔषध ब्राउनसुगर ९ ग्रामसहित सोही ठाउँ बस्ने २० वर्षीया अनुजा राजबंशीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
ईलामको चुलाचुली गाउँपालिका-३ पेल्टिमारी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर ५४ मिलिग्राम र नगद १५ हजार ५ सय ४० रूपैयाँसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरां सोही ठाउँ बस्ने २७ वर्षीय अमर राई र ३१ वर्षीय अर्जुन राई रहेका छन् । प्रहरी चौकी पेल्टीमारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका(२ भवानी मार्गबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ८ सय ६० मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय प्रकाश साउद र सोही उपमहानगरपालिका-१ बस्ने १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुरको बेलौरी नगरपालिका-१० भुडाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब ३ ग्राम ७ सय ३० मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भिमदत्त नगरपालिका-३ बिचपुरी बस्ने २६ वर्षीय करन डगौरा र २४ वर्षीय अजय चौधरी रहेका छन् । उक्त स्थानमा सु।प।प्र।०२००३ प ४२४७ नम्बरको मोटरसाइकल रोकी उभिइरहेका उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअपहरण गरी २ लाख फिरौती मागेको आरोपमा बीरगञ्जमा दुई जना पक्राउ
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार