लघुवित्तहरुमा अन्तर्राष्ट्रिय लेखा मापदण्ड लागू
नेपालबहस संवाददाता
चैत ३०, २०७९ बिहिबार १४:५९:६
३० चैत, काठमाडौं । नेपाल राष्ट्र बैंक (एनआरबी)ले राष्ट्रियस्तरका लघुवित्तहरुमा नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) नीति लागू गरेको छ ।
एनआरबीबाट ‘घ’ वर्गका इजाजत प्राप्त लघुवित्त संस्थालाई एकीकृत निर्देशन, २०७८ संशोधन गरी राष्ट्रियस्तरका लघुवित्तलाई एनएफआरएस लागू गरेको हो । अबदेखि एनआरबीको निर्देशनमा तोकिएको अवस्थाबाहेक वित्तीय विवरणहरु नेपाल लेखा मापदण्ड ‘एनएएस’ अनुसार तयार गर्नुपर्नेछ ।
नेपाल लेखा मापदण्डले समावेश नगरेका क्षेत्रहरुमा अन्तर्राष्ट्रिय लेखा मापदण्ड ‘आईएएस’ वा ‘आइएफआरएस’लाई आधारको रुपमा लिनुपर्नेछ।
साथै थोक कर्जा कारोबार गर्ने, सर्वसाधारणबाट निक्षेप संकलन गर्ने तथा राष्ट्रियस्तरका लघुवित्त वित्तीय संस्थाहरुले नेपाल वित्तीय प्रतिवेदनमा एनएफआरएस अनुसार वित्तीय विवरण तयार गर्नुपर्नेछ ।
यसअघि थोक कर्जा कारोबार गर्ने संस्थाले मात्र एनएफआरएस अनुसार वित्तीय विवरण तयार गर्नुपर्ने व्यवस्थालाई संशोधन गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुर्योदय वोमी लघुवित्तको लाभांश घोषणा
मंसिर ५, २०८१ बुधबार
जीवन विकास लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्रीमा
साउन ३१, २०८१ बिहिबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
बेलायतको हिन्दी फिल्म ‘सन्तोष’ अस्करमा सर्टलिस्ट, के छ यो फिल्मको कथा ?
पुष ३, २०८१ बुधबार
फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
अछामको मङ्गलसेनबाट देखिएको सुन्दरता
पुष ३, २०८१ बुधबार
अन्तुबाट देखिएको कन्चनजङ्घा
पुष ३, २०८१ बुधबार