सरकार र आन्दोलनरत मिटरब्याजपीडितबीचकाे वार्ता भंग, आन्दोलन थप सशक्त बनाउने उद्घाेष
नेपालबहस संवाददाता
चैत ३०, २०७९ बिहिबार १६:२३:५१
३० चैत, काठमाडौं । मिटरब्याज पीडित र सरकारबीचको वार्ता भंग भएको छ ।
पीडितहरुको तर्फबाट मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले समितिका अध्यक्ष अवदेश कुशवाहको नेतृत्वको टोलीले गृह मन्त्रालयका सहसचिव नेतृत्वको वार्ता टोलीसँग ५ दिनदेखि वार्ता गर्दै आइरहेको थियो ।
बुधबार साँझ गृहमन्त्री नारायणकाजी श्रेष्ठसँगै वार्ताको तयारी गरेपनि अन्तिम स्थगित भएपछि बिहीबार वार्ता भएको थियो । आज गृह मन्त्रालयमा भएको निर्णायक वार्ता सफल नभएको पीडितहरुले बताएका छन् ।
सरकारसँग उनीहरुले पीडकलाई कारवाही गर्न पीडितहरुसँगको छलफलबाट तत्काल कानून बनाउन मस्यौदा तयार पानुपर्ने, ऋण चुक्ता भएर पनि धरौटी सम्पत्ति जिन्सी फिर्ता गराउनुपर्ने लगायत ६ बुँदे माग प्रस्तुत गरेका छन् ।
सरकारी वार्ता टोलीले आफ्ना मागहरु सम्बोधन गर्न तयार नभएको भन्दै वार्ता भंग भएको वार्तामा सहभागी संघर्ष समितिका प्रवक्ता निर्ग नविनले बताए । आजदेखि सरकारले बनाएको वार्ता टोलीसँग वार्ता नगर्ने र वार्ता भंग भएकाे घाेषणा गर्याैं’ उनले भने । आफूहरुको अधिकारको आन्दोलन थप सशक्त बनाउने उनले बताए ।
माइतीघर मण्डलाबाट सूरू भएकाे वार्ता सिंहदरबारमा पुगेर भंग भएकाे हाे । तराइका विभिन्न जिल्लाबाट काठमाडाैं आएर आन्दोलन गर्ने क्रममा प्रहरीले गत शनिबार सिंहदरबार मुख्य गेटअगाडि बल प्रयोग गरेर धरपकड समेत गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
‘मेयर सम्मेलन’ गर्दै परशुरामधाम नगर
पुष २, २०८१ मंगलबार
भारतको सहयोगमा राप्ती नगरमा अस्पताल भवन निर्माण हुने
पुष २, २०८१ मंगलबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
बेलायतको हिन्दी फिल्म ‘सन्तोष’ अस्करमा सर्टलिस्ट, के छ यो फिल्मको कथा ?
पुष ३, २०८१ बुधबार
फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
अछामको मङ्गलसेनबाट देखिएको सुन्दरता
पुष ३, २०८१ बुधबार
अन्तुबाट देखिएको कन्चनजङ्घा
पुष ३, २०८१ बुधबार
चीनले भुटानको डोक्लाम नजिक २२ वटा गाउँ बसालेपछि भारत तनावमा
पुष ३, २०८१ बुधबार