चितवनको चौकीडाँडामा प्याराग्लाइडिङ्ग सुरु
नेपालबहस संवाददाता
बैशाख १, २०८० शुक्रबार ११:१७:४६
१ वैशाख, चितवन । चितवनमा प्याराग्लाइडिङ सुरु भएको छ । सफारी पर्यटनको रुपमा परिचित चितवनमा प्याराग्लाइडिङ सेवा पनि सुरु भएको हो । साहसिक खेल पर्यटनको रूपमा चिनिने प्याराग्लाइडिङ भरतपुर महानगरपालिका–२९ को चौकीडाँडाबाट व्यवसायिक रुपमा सुरु भएको छ ।
नयाँ वर्ष २०८० को पहिलो दिनको अवसर पारेर उडान सुरु गरिएको हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनीका बोर्ड डाइरेक्टर शालिक दवाडीले जानकारी दिए ।
चौकीडाँडाबाट प्याराग्लाइडिङ उडेर तनहुँको देवघाट गाउँपालिका–५ मा रहेको त्रिशूली नदीको किनारमा अवतरण हुने जानकारी उनले दिए ।
कति पर्छ शुल्क ?
प्याराग्लाडिङ्ग उडानका लागि लाग्ने ८ हजार रुपैयाँ तोकिएको छ । यसमा नयाँ वर्षको अवसरमा २५ प्रतिशत छुट दिएर ६ हजार शुल्क लिइएको बोर्ड डाइरेक्टर दवाडीले बताए । उनका अनुसार दैनिक ४५ जनासम्मलाई उडान सकिने गरी तयारी गरिएको छ । हाल १० वटा प्याराग्लाइडिङ्ग उडानमा १० पाइलट नै राखिएका छन् ।
कति छ उचाइ ?
१२ सय मिटरको उचाइमा रहेको चौकीडाँडाबाट आन्तरिक र बाह्य पर्यटकले प्याराग्लाइडिङको आनन्द लिन सकिने कम्पनीका अध्यक्ष विजय घलेले बताए । प्याराग्लाइडिङका लागि १.८५ नोटिकल माइल वरपर उडान गर्ने अनुमति पाएको छ भने सिधै माथि ५ हजार मिटरसम्म जान पाइनेछ । उडान सुरु गरेर २० मिनटेमा त्रिशूलीमा किनारामा झर्न सकिनेछ । ।
मुग्लिन–नारायणगढ सडकखण्डको भोर्लेबाट ९ किलोमिटर उत्तर र जुगेडीबाट ५ किलोमिटर उत्तर हिँडेपछि चौकीडाँडा पुग्न सकिनेछ । ५ बिघामा फैलिएको कम्पनीको भौतिक संचरनामा ७० करोड लगानी हुने अध्यक्ष घलेको भनाइ छ । प्लाराग्लाइडिङ यसअघि पोखरामा मात्र सीमित थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसगरमाथा आरोहणमा कामिरिताको नयाँ रेकर्ड
बैशाख ३०, २०८१ आइतबार
पर्यटनको विकास गर्न सबै एकजुट हुनुपर्छः सभामुख
बैशाख २९, २०८१ शनिबार
दशजना शेर्पाको टोली एकैसाथ सगरमाथा चुचुरोमा
बैशाख २९, २०८१ शनिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
नारायणीमा ३० करोडको एमआरआई मेसिन ६ महिनामै विग्रियो
आबिद हुसेन
बैशाख २७, २०८१ बिहिबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
बैशाख २९, २०८१ शनिबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
चीनद्वारा प्रमुख ‘परजीवी रोग’ नियन्त्रणका लागि योजना जारी
बैशाख २९, २०८१ शनिबार
सगरमाथा आरोहणमा कामिरिताको नयाँ रेकर्ड
बैशाख ३०, २०८१ आइतबार
संसदको गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीले सुरु गरे कांग्रेससँग छलफल
बैशाख ३०, २०८१ आइतबार
भाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै बागलुङको रमुवाका बासिन्दा
बैशाख ३०, २०८१ आइतबार
कुवेतका अमिरले गरे संसद भंग
बैशाख ३०, २०८१ आइतबार
आइपिएलमा आज दुई खेल हुँदै
बैशाख ३०, २०८१ आइतबार
संसदीय उपसमितिद्वारा मेलम्ची आयोजनाको अनुगमन
बैशाख ३०, २०८१ आइतबार