रिलिज भयो प्रेमगञ्ज, स्मार्ट डिभाइसहरुमा विश्वभरबाट हेर्न सकिने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_HgwwVYKEck.jpeg
)
नेपालबहस संवाददाता
बैशाख १, २०८० शुक्रबार १३:४९:३९
![](https://nepalbahas.prixacdn.net/media/albums/prem_Jwt9FGBz0M_cyGb13TZQ4.jpg)
१ वैशाख, काठमाडाैं । ओटीटी प्लेटफर्म 'सिनेमाघर एप'मा नयाँ बर्षको अवसर पारेर नेपाली चलचित्र 'प्रेमगञ्ज' रिलिज भएको छ। मोबाइल, ट्याब्लोइड एप तथा टेलिभिजन लगायत सम्पूर्ण स्मार्ट डिभाइसहरुमा विश्वभरबाट हेर्न सकिने गरी यो चलचित्र रिलिज भएको हो ।
चलचित्र हलहरुमा भने यो चलचित्र गत भाद्र ३ गते रिलिज भएको थियो । परिच्छेद सेनले निर्देशन गरेको यो चलचित्रले हल रिलिजबाट समिक्षात्मक रुपमा प्रशंसा पाएको थियो । सिनेमाघर एपमा रिलिज भएपछि निर्देशक सेन भन्छन्, 'प्रेमगञ्ज सिनेमा हलहरुमा जतिले हेर्नू भयो निराश हुनुभएको थिएन । ओटीटीमा पनि यो चलचित्रले दर्शकको मन जित्छ भन्नेमा विश्वस्त छु ।' निर्देशक सेनले थोरै नै भएपनि शुल्क तिरेर चलचित्र हेर्नुपर्छ भन्ने बानीको विकास गराउनको लागि निशुल्क हेर्न पाईने युट्युबमा प्रेमगञ्ज नराख्ने बताए ।
यो प्रेमकथामा आधारित चलचित्र हो । यो चलचित्रले दुई कालखण्डको प्रेमकथा भन्छ । 'जो जीवनमा छ, उ मनमा छैन । जो मनमा छ, उ जीवनमा छैनु भन्ने ट्यागलाईनमा बसेर चलचित्रको कथा बुनिएको छ । मानिसलाई जीवनमा कहिले गर्नु नपरे हुन्थ्यो भन्ने काम जीवनभर गर्नुपर्ने हुनसक्छ । कहिले जान नपरे हुन्थ्यो भन्ने ठाउँमा जीवनभर जानूपर्ने हुनसक्छ । कहिले बस्नु नपरे हुन्थ्यो भन्ने लागेको मान्छे सङ्ग जीवनभर बस्नु पर्ने हुनसक्छ । चलचित्रले यस्तै यस्तै कुराहरु बोल्न खोजेको छू, निर्देशक सेनले प्रष्ट पारे ।
यस चलचित्रमा तेज गिरी, बेनिशा हमाल, सम्पदा बानियाँ, राईडर प्रशान्त, सुप्रिया खनाल, सिम्रन खड्का लगायतको अभिनय रहेको छ । चलचित्र चौतारीले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् भने प्रस्तुतकर्ता राजु फुयाँल हुन् । सिनेमाघर एप सबै प्रकारका डिजिटल ग्याजेटहरु तथा स्मार्ट टिभिमा विश्वभर उपलब्ध छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचलचित्र ‘एक्लो’ को क्यारेक्टर पोस्टर
फागुन ४, २०८१ आइतबार
आजदेखि ‘दुःखी आत्मा’ र ‘रंगी’ हलमा
फागुन २, २०८१ शुक्रबार
बुलबुल भ्यालेन्टाइनका दिन पुन: रिलिज हुने
फागुन १, २०८१ बिहिबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
स्काभेटरले पल्टाएको ढुंगा लागेर विद्यार्थीको मृत्यु
फागुन ४, २०८१ आइतबार
बढ्दो भ्रष्टाचारले नेपाल अन्तर्राष्ट्रियस्तरमा बदनाम भयो : शेखर कोइराला
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
प्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार
चिकित्सकले मानिसको स्वास्थ्य परीक्षणको लागि नङ हेर्न सक्छन् ?
फागुन ४, २०८१ आइतबार
मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ
फागुन ४, २०८१ आइतबार