कामु प्रधानन्यायाधीशका सुरक्षाकर्मीको पेस्तोलबाट पूर्वमन्त्री पुनकी आमा घाइते
नेपालबहस संवाददाता
बैशाख २, २०८० शनिबार १०:५८:३७
२ वैशाख, काठमाडौं । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुरक्षामा खटिएका प्रहरी सहायक हवल्दार प्रकाश पुनले बोकेको पेस्तोल पडकिएर गोली लाग्दा पूर्वमन्त्री वर्षमान पुनकी आमा तीर्थमाली पुन घाइते भएकी छन् । उनको देब्रे खुट्टामा गोली लागेको छ । घाइते पुनकाे अहिले वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । पेस्तोल बोकेर पारिवारिक कार्यक्रममा पुगेका प्रहरी सहायक हवल्दार पुनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छ ।
प्रकाश कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पछुवा सुरक्षामा खटिएका व्यक्ति हुन् । उनी नातामा तीर्थमालीको नजिकका नाती पर्छन् । शुक्रबार राति भएको उक्त घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । असावधानीवश गोली पड्केको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरी स्रोतका अनुसार उनले मादक पदार्थ सेवन गरेका थिए । गोली चलेपछि उनी भागेका थिए । उनलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको हो ।
हवल्दार पुन माओवादी नेता बर्षमान पुनका भाइको साथी पनि हुन । गोली किन चल्यो खुलिनसकेको र अनुसन्धान जारी रहेको स्रोतको भनाइ छ । कामु प्रधानन्यायाधीशको सुरक्षार्थ खटिएका उनी ड्यूटी सकेर त्यहाँ पुगेका थिए । साथमा पेस्तोल लिएरै गएका थिए । प्रहरीका अनुसार, विशिष्ट व्यक्ति सुरक्षामा खटिने सुरक्षाकर्मीलाई जुनसुकै बेला हतियार चाहिन सक्ने हुनाले स्थायी रुपमा दिने गरिन्छ ।
त्यहाँ हवल्दार मगरले मादक पदार्थ सेवन गरेपछि सामान्य विषयमा विवाद भएको थियो । विवादबीच आफूसँग भएको पेस्तोल निकालेपछि एक्कासी पड्किएको बताइएको छ । नेता पुनकी आमा ७४ वर्षीया तीर्थमाली पुनको खुट्टामा गोली लागेको छ । घटना शुक्रबार बेलुकी साढे ९ बजेको भए पनि प्रहरीले मध्यराति १ बजे मात्रै खबर पाएको थियो । त्यसपछि खटिएको टोलीले उनको कोठाबाट प्रकाशलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
वर्षमान पुन र उनकी धर्मपत्नी ओनसरी घर्तीमगर यतिबेला चीन उपचार गराइरहेका छन् । उनीहरु नभएको बेला घरमा आमाको सुरक्षार्थ खटिएका प्रहरीले गोली प्रहार गरेका थिए । गोली प्रहार गर्ने पुनमगरको दरवन्दी प्रहरी प्रधानकार्यालयस्थित सुरक्षा महाशाखामा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्षमताभन्दा तेब्बर कैदीबन्दी पुगेपछि व्यवस्थापनमा कठिनाइ
मंसिर २, २०८१ आइतबार
सीमा सुरक्षालाई बलियो बनाउन आजदेखि काठमाडौंमा एपिएफ–एसएसबी आठौं समन्वयात्मक बैठक
मंसिर १, २०८१ शनिबार
‘अनुसन्धानमा खटिएका कर्मचारीले कानुनका प्रावधान पालना गर्नुपर्छ’
कात्तिक २७, २०८१ मंगलबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार