कर्णालीमा बर्सेनि निगालो लोप हुँदै
नेपालबहस संवाददाता
बैशाख ३, २०८० आइतबार १६:२५:४५
हेमन्त केसी
३ वैशाख, सुर्खेत । कर्णाली प्रदेशका हिमाली तथा पहाडी जिल्लामा पाइने निगालो लोप हुन थालेको छ । जथाभावी आलो लगाउने देखि टुसा निकाल्ने क्रम नरोकिएपछि निगालो लोप हुन थालेको हो । निगालोका बहुउपयोगी गुण रहेका छन् । कर्णालीका जाजरकोट, रुकुम पश्चिम, डोल्पाको मध्यभाग, जुम्ला, कालिकोट, हुम्ला, मुगु, दैलेखमा निगालो पाइन्छ । निगालोको बिभिन्न प्रजाती हुने गर्दछ ।
घर छाउनादेखि डोको, डाली, नाङ्लो, कुचो, अन्न सुरक्षित गर्नका लागि कोठी, तरकारी खानाको लागि टुसा समेत प्रयोगमा आउने गर्दछ । १५ वर्ष अगाडि मध्यपहाडको अधिकांश ठाउँमा सजिलै पाइने निगालो अहिले पाउनै मुस्क्लि भएको सर्वसाधारणहरु बताउँछन् । बर्सेनि नयाँ नयाँ घास प्रयोग गर्ने भन्दै जंगलमा लगाइने आगो र जथाभावी चरिचरणका कारण निगालो लोप हुन गएको डिभिजन वन कार्यालय डोल्पाका निमित्त प्रमुख महेश कुमाइले बताए ।
निगालो धेरै काममा प्रयोग हुने भएकाले पनि सवैको निसानामा परेको उनको भनाई छ । संरक्षण तर्फ कसैको ध्यान नजाने तर प्रयोगमा मात्र ध्यान दिदा निगालो बर्षेनी लोप हुँदै गएको नलगाड नगरपालिका–८ का हरिबहादुर खत्रीले बताए । पहिला , पहिला विहान जंगलमा गएर दिउँसो निगाला ल्याएर घरमा पुगिथ्यो भने अहिले दुई दिन लगाउदा पनि निगालो पाउन मुस्किल हुने खत्रीको भनाइ छ । निगालाको टुसा , पशुचौपायलाई घाँस , बिभिन्न सामग्रीको निर्माण लगाएतका कामहरु यही निगालाबाट हुने भएकाले पनि छिटै लोप भएको खत्रीको भनाई छ । निगालोमा जंगली जनावारहरु बस्ने गर्दछन् । सबै भन्दा बढी रेडपाण्डा सुरक्षित हुने स्थान निगालो हो ।
अहिले निगालोको विनाससँगै जंगली जनावारलाई सुरक्षित हुन समस्य हुँदै गएको छ । मासिदो वन जंगलको मारमा सबैभन्दा बढी वन्यजन्तु नै परेको पाइन्छ । चिस्यान हुने ठाउँमा निगालो हुर्कने गर्दछ । जव चिस्यानको मात्रा घटदै जान्छ , निगालो उत्पादन कम हुने डिभिजन वन कार्यालय जाजरकोटका प्रमख राधाकृष्ण दासले बताए ।
कर्णाली प्रदेशको जंलगमा कति मात्रामा निगालो पाइन्छ भन्ने एकिन तथ्यांक छैन । पहाडी जिल्लाका किसानहरुको आम्दानीको स्रोत समेत निगालो रहँदै आएको छ । निगालो संरक्षणका लागि कुनै पनि योजना कर्णाली प्रदेश सरकारसँग छैन । न त संघीय सरकारको वन मन्त्रालयसँग निगालो मासिदै जानुको विषयमा कुनै ठोस छलफल नै भएको छ । बर्सेनि वृक्षारोपन गर्ने नाममा लाखौँ रकम खर्चिने सरकारका नीतिहरु भए पनि निगालो संरक्षण गर्ने तर्फ त्यस्ता खालका नीतिले छुन सकेको छैन ।
डिभिजन वन कार्यालयहरुले जंगली जडीबुटी संरक्षणका नाममा बर्सेनि चलानी पुर्जी दिँदै दिन कटाएको देखिन्छ । सामुदायिक वन समुहका पदाधिकारीलाई निगालो संरक्षणबारे ध्यान नै नभएको आरोप लाग्दै आएको छ । स्थानीय सरकारले सडक खन्ने काम बाहेक अन्य विकास नै होइन भन्ने लाग्दै आएको छ ।
सामुदायिक वन भित्र विस्तारै समस्य आइरहेको छ । आफन्तले वन जंगलमा हानी ,नोक्सानी पुर्याएमा कारबाही नै नहुने र विचार नमिल्नेसँग मात्र कारबाहीको लागि न्वारणदेखिको बल लगाउने परिपाटीले गर्दा सामुदायिक वनको भविश्य जोखिममा पर्दै आएको छ । वन किन संरक्षण गर्ने भन्ने सम्मका ज्ञान नभएको व्यक्ति पहाडी इलाकामा वन समुहका पदाधिकारी भएकाले पनि अर्को समस्य निम्तिएको शिक्षकहरु बताउँछन् ।
जंगलमा आगो लगाएर देवता लगाउने चलन
जंगलमा आगो लगाउनेलाई कानुनी दायरामा ल्याइ कारबाही गर्नुको साटो स्थानीय देबी देवताको भाकल गर्न लगाउने चलनले गर्दा वन जंगलमा संरक्षणमा समस्य ल्याएको छ । बर्सेनि हुने आगलागीका घटनामा हातमा मन्दिरमा लगाएको धजाहरु बोकेर गाउँमा अनुसार हेरेर रकम असुल्ने चलने गर्दा वन जंगल संरक्षणमा समस्य आएको हो ।
आधिकारिक सामुदायिक वन समुह भन्दा आफू खुसी बनाएका समुहबाट रकम असुल्ने गरेको गुनासो डिभिजन वन कार्यालय ,जाजरकोटमा पुगिसकेको छ । यस्तै खालको गुनासो प्रदेशका अधिकांश डिभिजन वनमा पुगेको बताइन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
हुम्लाबाट जिल्ला बाहिर जान टिकटको समस्या
कात्तिक २७, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
एमालेको जागरण सभामा प्रधानमन्त्री, सत्ता समीकरणको बचाउमै खर्चिए समय
मंसिर ७, २०८१ शुक्रबार
सत्ता पक्षको जागरण सभाले सर्वसाधारणलाई सास्ती
मंसिर ७, २०८१ शुक्रबार
प्रहरीको दमनविरुद्ध मानव अधिकार आयोगको कार्यालय घेराउ गर्न पुल्चोक पुगे सहकारी पीडित
मंसिर ७, २०८१ शुक्रबार
स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदले स्वास्थ्य मन्त्रालयलाई दियो सैद्धान्तिक सहमति
मंसिर ७, २०८१ शुक्रबार