इक्वेडर जेलमा भीषण झडप, बाह्र कैदीको मृत्यु
नेपालबहस संवाददाता
बैशाख ३, २०८० आइतबार १७:१४:२४
३ वैशाख, एजेन्सी । ग्वायाकिलको इक्वेडर बन्दरगाहमा रहेको कारागारमा बन्दीहरूबीच भएको झडमा कम्तीमा १२ जनाले ज्यान गुमाएका छन् । गत शुक्रबार छ जना बन्दी झुण्डिएको अवस्थामा फेला परेपछि कारागारमा द्वन्द्व शुरु भएको थियो । साताको प्रारम्भमा तीन जना महिला सुरक्षाकर्मी मारिएको घटना सेलाउन नपाउँदै झुण्डिएका बन्दी देखेपछि आपसमा भीषण झडप भएको हो ।
मृतकका शरीरमा गोली लागेका घाउ पनि छन् । यो नरसंहारको अनुसन्धान थालिएको अधिकारीहरूले बताएका छन् । भाडाका हत्याराले ती महिलालाई गोली हानेको बताइएको छ ।
देशको राष्ट्रिय सेना र प्रहरीले दुई दिनको अथक प्रयासपछि कारागाररको विषम स्थितिलाई साम्य पारेको छ । ग्वायाकिल कारगारमा छ हजार आठ सय कैदी छन् । विश्वका प्रमुख कोकिन उत्पादक मुलुक कोलम्बिया र पेरुको बीचमा अवस्थित ग्वायाकिल हालैका वर्षमा लागू औषध तस्करीको केन्द्रबिन्दु बनेको छ ।
फेब्रुवरी २०२१ यता इक्वेडरका जेलमा आठ वटा यस्ता वीभत्स हत्याका घटना भइसकेका छन् । ती घटनामा चार सयभन्दा बढी कैदीले ज्यान गुमाएका छन् । धैरेको शव टुक्राटुक्रा पारिएको तथा जलाइएको अवस्थामा भेटिएका थिए ।
लागू औषध तस्करहरूले जेललाई आफ्नो कारोबार सञ्चालन केन्द्रका रूपमा प्रयोग गर्दा इक्वेडरमा यस्ता घटना बारम्बार हुने गरेका छन् । गत सेप्टेम्बरमा पनि इक्वेडरको अर्को एक कारगारमा यस्तै झडप हुँदा एक सय बीस जना कैदीको मृत्यु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसले क्यान्सरको नयाँ खोप निःशुल्क वितरण गर्ने
पुष ३, २०८१ बुधबार
कतारमा भएको वार्ता ‘गम्भीर र सकारात्मक' : हमास
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
आचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
पुष ३, २०८१ बुधबार
जनकपुरलाई ८ विकेटले पराजित गर्दै एनपीएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
पुष ३, २०८१ बुधबार
चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
पुष ३, २०८१ बुधबार
शर्मा भारत र तिम्सिना मलेसियाको राजदूतमा नियुक्त
पुष ३, २०८१ बुधबार