तुलसीपुरको बजारमा सिसी क्यामेराले काम नगर्दा व्यवसायी मर्कामा
नेपालबहस संवाददाता
बैशाख ४, २०८० सोमबार ११:१६:१५
४ वैशाख, तुलसीपुर । दाङ तुलसीपुरको मुख्य बजारमा नयाँ सिसी क्यामेरा जडान गरिँदा समस्या देखिएको छ । रातको समयमा सडक बत्ती पनि नबल्ने र पुराना सिसी क्यामेराले पनि काम नगर्ने भए पछि विशेष गरी व्यवसायी मर्कामा पर्दै आएका छन् ।
साविक राप्तीको व्यापारिक केन्द्रका रुपमा रहेको तुलसीपुरमै नयाँ सिसी क्यामेरा र सडक बत्ती नहुँदा घाम डुबेपछि पसल बन्द गर्नुपर्ने बाध्यता रहेको व्यवसायी घनश्याम डाँगीले बताए । “सिसी क्यामेरा छैनन्, बत्ती पनि छैनन्”, उनले भने, “त्यसले पसल सुरक्षित हुने अवस्था नभएपछि दिउँसै पसल बन्द गर्नुपर्ने अबस्था छ ।”
व्यवसायी मात्रै होइन, रातिमा यात्रुलाई पनि समस्या हुने गरेको छ । बजारमै सिसी क्यामेरा नहुँदा चोरीका घटना पनि बढिरहेका छन् । सडक बत्ती नबल्दा व्यवसायी आफँैले राखेका सिसी क्यामेराले पनि काम गर्दैनन् । व्यवसायीले कर तिर्दै आएको भएयता सहज सेवा नपाएको गुनासो गर्दै आएका छन् ।
तुलसीपुरका विभिन्न स्थानमा एक सय २५ वटा सौर्य बत्ती जडान गरिए पनि ती बत्तीले काम गर्न छाडेको वर्षौं भयो तर, पनि मर्मतका लागि चासो छैन । सडक बत्ती राख्दा रु एक करोड बढी खर्च भएको छ । सौर्य बत्ती वातावरणीय प्रदूषणलगायत विभिन्न कारणले बल्न छाडेको उपमहानगरपालिकाका इन्जिनियर पवनकुमार योगीले बताए ।
ठेकेदार सम्पर्कमा नआउँदा सडक बत्ती मर्मत गर्न नसकिएको जनप्रतिनिधि बताउँछन् । तत्कालीन नगरपालिका हुँदा सौर्य बत्तीको सम्झौता भएको थियो । यसपछि नयाँ जनप्रतिनिधि आएर ठेकेदारलाई मर्मतका लागि बोलाए । पहिलो पटक ठेकेदार आए पनि त्यसपछि भने ठेकेदार सम्पर्कमै नआएको तुलसीपुर–५ का वडाध्यक्ष वीरेन्द्र शाहले बताए ।
सडक बत्ती र सिसी क्यामेरा नहुँदा शान्ति सुरक्षा कायम राख्न पनि समस्या पुगेको जनाइएको छ । पटक–पटक चोरी हुनेक्रम बढेको छ । अठार क्यामेरा र रातको समय खिच्न मिल्ने सिसी क्यामेराको माग गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘संस्कृतिलाई आर्थिक उत्पादनसँग जोडेर आयआर्जन गर्नुपर्छ’
पुष १९, २०८१ शुक्रबार
मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउन सचेतना अभियान
पुष १९, २०८१ शुक्रबार
लुम्बिनी प्रदेश निजामती सेवा ऐन पुनः पारित
पुष १७, २०८१ बुधबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
वाह्य लेखा परीक्षणपछि बाणिज्य बैंकहरुको मुनाफमा किन देखियो अन्तर
पुष २०, २०८१ शनिबार
माओवादी केन्दीय समिति बैठक बस्दै, प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने
पुष २१, २०८१ आइतबार
एमाले केन्द्रीय समिति बैठक बस्दै, ओलीले ल्याउँदैछन् राजनीतिक प्रतिवेदन
पुष २१, २०८१ आइतबार
आजको मौसम कस्तो रहला ?
पुष २१, २०८१ आइतबार
बिपी राजमार्ग पुनर्निर्माणमा साढे ९ अर्ब लाग्ने, जापानको मुख ताक्दै सरकार
पुष २१, २०८१ आइतबार
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
पुष २१, २०८१ आइतबार