सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
नेपालबहस संवाददाता
बैशाख ४, २०८० सोमबार ११:२२:४२
४ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सोमबार पनि अमेरिकी डलरको कारोबार स्थिर रहेको छ । सोमबार एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६७ पैसा र बिक्रीदर १३१ रुपैयाँ २७ पैसा कायम गरिएको छ । यसअघि आइतबार उक्त डलरको खरिदबिक्री सोही मूल्यमा भएको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार सोमबार युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४१ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो कारोबारको तुलनामा ६८ पैसाले घटेको हो । आइतबार युरो एकको खरिदमूल्य १४४ रुपैयाँ ४२ पैसा र बिक्रीमूल्य १४५ रुपैयाँ ९ पैसा कायम गरिएको थियो।
सोमबार बेलायती पाउण्ड स्टर्लिङको कारोबार स्थिर रहेको छ । आज यसको खरिददर १६२ रुपैयाँ २२ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९७ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा एक रुपैयाँ २२ पैसाले कम हो । आइतबार यसको खरिदमूल्य १६३ रुपैयाँ ४४ पैसा र बिक्री मूल्य १६४ रुपैयाँ १९ पैसामा कारोबार भएको थियो ।
त्यसैगरी, सोमबार अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ ६७ पैसा र बिक्रीमा ८८ रुपैयाँ ७ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ७८ पैसा र बिक्रीमा ९८ रुपैयाँ २३ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ६७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८४ पैसा कायम गरिएको छ ।
सोमबार साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३५ रुपैयाँ, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७५ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ६८ पैसा र बिक्रीदर २९ रुपैयाँ ८२ पैसामा पाइनेछ । आइतबार साउदी अरेबियन, युएई दिराम र मलेसियन रिंगिटको कारोबार स्थिर रहेको छ ।
उता, कुवेती दिनार एकको खरिदमा सोमबार ४२६ रुपैयाँ ८९ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ८५ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ६० पैसा र बिक्रीदर ३४८ रुपैयाँ १९ पैसा तोकिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ७, २०८१ आइतबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ६, २०८१ शनिबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार