सूचना लुकाउने प्रशासकीय अधिकृतसँग सूचना आयोगद्वारा जवाफ माग
नेपालबहस संवाददाता
बैशाख ४, २०८० सोमबार ११:५०:३६
४ वैशाख, काठमाडौं । राष्ट्रिय सूचना आयोग सप्तरीको राजविराज नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत निरन्जन यादवलाई ७ दिनभित्र लिखित जवाफ माग गरेको छ । सूचना दिन आलटाल गरेको भनी आयोगका परेको पुनरावेदनमाथि कारवाहीका लागि भन्दै यादवसँग जवाफ माग गरेको हो ।
स्थानीय सूचना अभियन्ता एवम् पत्रकार सौरभ यादवले यादवले सूचना दिन अटेर गरेको जनाउँदै आयोगमा पुनरावेदन दिएका थिए । सो पुनरावेदनका आधारमा आयोगमा प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ, आयुक्तद्वय कमला ओली थापा र दीपक भनिने रत्नप्रसाद मैनालीको चैत २९ गते बसेको संयुक्त इजलासले सो आदेश दिएको जनाइएको छ ।
सौरभले गत माघ २२ गते नगरपालिकामा उपलब्ध रहेको सवारी साधन चालु, ठप्प र हाल मर्मतको विवरण, आर्थिक वर्ष ०७८/०७९ र हालसम्म इन्धन र सवारी मर्मतमा खर्च भएको रकमसहितको विवरण, आब ०७८/०७९ र हालसम्म खर्च गरिएको कुल बजेट योजना शीर्षक अनुसारको विवरणसहितको भौतिक प्रगति विवरण, आर्थिक वर्ष ०७८÷०७९ र हालसम्म फोहोर व्यवस्थापन र सरसफाई शीर्षकमा खर्चिएको बजेट विवरण माग गरिएको थियो ।
यस्तै, नगरपालिकामा रहेको दरबन्दी र हाल कार्यरत रहेको कर्मचारीहरु स्थायी, अस्थायी, करार र डोर हाजिरको नाम र ठेगानासहितको विवरण,जनप्रतिनिधिहरुलाई उपलब्ध गराइएको सवारी साधन सवारी नम्वर र जनप्रतिनिधिको नाम उल्लेखित विवरण तथा सवारी फिर्ता गरेको भए सोको विवरणसहितका सूचनाहरु माग गर्दै सूचनाको हकसम्बन्धी ऐनलाई टेकेर सूचना माग गरेका थिए ।
यस्तै, सडक बोर्डवाट खर्चिएको कुल बजेट ९योजना शीर्षक अनुसार०को विवरणसहितको भौतिक प्रगति विवरण,विगत तीन आर्थिक वर्ष र हालसम्म औषधि र सेनेटरी प्याडको मूल्य उल्लेखित विवरण र खरिद गरिएको प्रक्रियाको आवश्यक कागजात,आर्थिक वर्ष ०७९/८० को हालसम्म खर्चिएको कुल बजेट ९योजनाको शीर्षकअनुसार०को विवरणसहित भौतिक प्रगति विवरणसमेत यादवले माग गरेका छन् ।
सूचना अधिकारीले सूचना दिन नमानेपछि सौरभले फागुन २६ गते निमित्त प्रमुख प्रशासकीय अधिकृत निरन्जन यादवसँग सूचना मागेको र उनले पनि सूचना नदिएपछि आयोगमा पुनरावेदन पुगेको हो ।
सरकारी ओहोदामा बसेका कर्मचारीले संचारकर्मीले तोकिएअनुसार माग गरेका सरकारी सूचना उप्लब्ध गराउनेपर्ने कानूनी व्यवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ १८, २०८१ शुक्रबार
तापक्रममा ‘रेकर्ड ब्रेक’ : वर्षकै सबैभन्दा बढी नेपालगञ्जमा ४४.२ डिग्री
जेठ १७, २०८१ बिहिबार
विपिन जोशीसहित सबै एक सय २५ जनाको रिहाइको माग
जेठ १७, २०८१ बिहिबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
सुन तस्करी प्रकरणमा कान्छामान भनेर चिनिने थर्कमान लामा पक्राउ
जेठ १८, २०८१ शुक्रबार
चुनावको प्रचार सकेर मोदी ४५ घण्टे ध्यानमा
जेठ १८, २०८१ शुक्रबार
ट्रम्प दोषी ठहर, अब राष्ट्रपति चुनाव लड्न पाउछन् ?
जेठ १८, २०८१ शुक्रबार
मौलिकता बिर्सेर बनाइयो नमूना गन्धर्वघर
जेठ १८, २०८१ शुक्रबार
खोटाङमा बन्यो सुम्लिखामा यलम्बर उद्यान
जेठ १८, २०८१ शुक्रबार
गृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार