गुडिरहेको मोटरसाइकलमा करेन्ट लाग्दा शिक्षकको मृत्यु
नेपालबहस संवाददाता
बैशाख ४, २०८० सोमबार १२:२७:३६
४ वैशाख, दमौली । तनहुँको घिरिङ गाउँपालिका–२ कोलडाँडास्थित भित्री सडकखण्डमा गुडिरहेको मोटरसाइकलमा करेन्ट लाग्दा घाइते भएका शिक्षकको आज मृत्यु भएको छ ।
मृत्यु हुनेमा बझाङको तल्लाकोट गाउँपालिका–२ बस्ने २७ वर्षीय जीवन रोकाया रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए।
पार्वती आधारभूत विद्यालयमा भर्खरै नियुक्त भएका शिक्षक रोकाया विद्यालयबाट फर्किदै गर्दा कोलडाँडामा लत्रिएको लाइनको तारमा मोटरसाइकल छोइएको थियो ।
घाइते उनको आज पोखरामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक मध्यनेपाल नगरपालिका–७ करापुरटार बस्ने ५० वर्षीय तीर्थ घिमिरेको घाइते अवस्थामा पोखरामा उपचार भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
सर्लाहीमा बसले थिच्दा ड्युटीमा रहेका सशस्त्र इन्स्पेक्टरको मृत्यु
पुष १७, २०८१ बुधबार
गैँडाको आक्रमणमा परी दुईजना घाइते
पुष १६, २०८१ मंगलबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच २ घण्टा भेटवार्ता
पुष १८, २०८१ बिहिबार
ढुम्रु गीत गाउँदै
पुष १८, २०८१ बिहिबार
सिरियाली सेनाद्वारा होम्स शहरमा घेरा बन्दी
पुष १८, २०८१ बिहिबार
विमानस्थल यातायात चालकको बोली र व्यवहार राम्रो हुनुपर्छ: पर्यटन राज्यमन्त्री
पुष १८, २०८१ बिहिबार