सिरहामा आगलागीबाट चार घर जलेर नष्ट
नेपालबहस संवाददाता
बैशाख ४, २०८० सोमबार १६:४३:११
♦ मुकेश कुमार यादव
४ वैशाख, सिरहा । सिरहामा भएको आगलागीबाट लाखौं मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ। सिरहा नगरपालिका १८ इटारीमा आइतबार राति दुखी ठाकुरको गाई गोठमा लगाएको घुरबाट सल्केको आगोले उनीसहित पाँच जनाको घरमा रहेको अन्नबाली, कपडा, नगद र सुनचाँदी सहितका सामाग्री जलेर नष्ट भएको हो।
ठाकुरको घरबाट सुरुभएको आगो कप्लेश्वर, रमेश्वर, बुधेश्वर र मुनेश्वर ठाकुरको घर र घरमा रहेको सम्पूर्ण सामाग्रि जल्दा ५० लाखभन्दा बढीको क्षति भएको शिक्षक समेत रहेका बुधेश्वर ठाकुरले बताए। उनले भने, ‘मेरोमात्रै वर्षभरी खाने अन्न, सबै लत्ताकपडा, ४ तोला सुन र काम विशेषले घरमै राखेको ५० हजार नगद जल्यो, सबैको मिलाउँदा ५० लाखभन्दा बढीको क्षति भएको छ।ु
उनीहरुले रातको समयमा भएकाले घरमा रहेको केही सामान निकाल्न नसकेको बताए। बुधेश्वरले भने, ‘हामीसँग बाँकी भनेको लगाएको लुगामात्र हो, पानी पिउन एउटा भाँडासमेत छैन, कहाँ बस्ने के खाने अन्यौल भइरहेको छ।’
राति करिब ११ बजेबाट सुरु भएको आगलागी सिरहा र गोलबजार नगरपालिकाको दमकल, स्थानीय वासिन्दा र प्रहरीले करिब २ घण्टा लगाएर आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रविन्द्र राज पाण्डेले जानकारी दिए।
आगलागी पीडितहरुले आफूहरुलाई तत्काल दैनिक उपभोगका अतिआवश्यक सामाग्रीको खाँचो रहेको बताए। उनीहरुले त्यसको लागि स्थानीय सरकार र मनकारी हातहरुसँग सहयोगको अपेक्षा गरेका छन्।
त्यसैगरी, सिरहा नगरपालिकाको प्रशासनिक भवनमा आगलागी भएको छ। आगलागीका कारण कार्यालयमा रहेको बिलभर्पाइसहितका महत्वपूर्ण कागजात जलेर नष्ट भएको छ। विद्युत् सर्टभएर आगलागी भएको भनिए पनि आगलागीको सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआशिका तामाङलाई २० हजार धरौटीमा रिहा गर्न अदालतको आदेश
माघ १८, २०८१ शुक्रबार
प्लास्टिक उद्योगमा आगलागी, चार करोडभन्दा बढी क्षतिको अनुमान
माघ १८, २०८१ शुक्रबार
‘सामाजिक सद्भाव कायम गर्न सबैलाई प्रेरणा मिलोस्’
माघ १७, २०८१ बिहिबार
महोत्तरीका क्षयरोगीलाई पोषणयुक्त खाद्य सहयोग
माघ १९, २०८१ शनिबार
अमेरिकी संसदमा डिपसिक प्रयोगमा प्रतिबन्ध
माघ १९, २०८१ शनिबार
सूर्यविनायक धुलिखेल सडक यसरी बन्दै छन् छ लेनको
माघ १९, २०८१ शनिबार
'जीवन, माया र हेरचाह' नाराका साथ भृकुटीमण्डपमा परिवार र बेबी एक्स्पो २०२५
माघ १९, २०८१ शनिबार
संसदमा प्रहरी ऐनः निजामती प्रशासनको नियन्त्रणमा चेनअफ कमाण्ड ब्रेक हुने खतरा !
माघ १९, २०८१ शनिबार
सरुवा मापदण्ड कार्यान्वयनमा आईजीपी निरिह !
माघ १९, २०८१ शनिबार