कांग्रेसलाई व्यक्तिवादी र अवसरवादी चरित्रले हानी पुर्याएको छः डा. शेखर
नेपालबहस संवाददाता
बैशाख ४, २०८० सोमबार १८:०:३९
४ वैशाख, दमौली । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अवसरवादी चरित्रका कारण पार्टी कमजोर हुने भएकाले सचेत रहनुपर्ने बताएका छन् । तनहुँको भानु नगरपािलका–२ नारेश्वरटारमा आज आयोजित तरुण युवाको भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले अवसरवादीले मौका पाउँदा पार्टी कमजोर हुने उल्लेख गरे ।
“पार्टीमा व्यक्तिवादी चरित्र हावी हुँदा अवसरवादीले मौका पाइरहेका हुन्छन्, अवसरवादीले मौका पाउँदा पार्टी कमजोर हुन्छ, म त त्यस्ता व्यक्तिबाट सावधान भइसके”, नेता कोइरालाले भने, “तनहुँ क्षेत्र नम्बर १ का आम नागरिकलाई पनि अवसरवादीबाट सचेत रहन आग्रह गर्दछु ।”
तनहुँ–१ को प्रतिनिधिसभा सदस्य उम्मेदवार गोविन्द भट्टराईले पदमा नहुँदा विकासमा उल्लेख्य काम गरेको नेता कोइरालाले जिकिर गरे । उनले कांग्रेसको नेतृत्वमा यो क्षेत्रको विकास हुने भएकाले ढुक्क हुन आम मतदातासँग आग्रह गरे। नेपाली कांग्रेस एकठाउँमा उभिनुपर्ने अवस्था आएको भन्दै नेता कोइरालाले भने, “नेपाली कांग्रेसभित्र मन दुःखेका साथीलाई भन्न चाहन्छु, कांग्रेसको नेतृत्व अब हामीको बीचमा आउँदैछ । अब कुनै किसिमको द्विविधा नराख्नुहोस्, केही कमजोरी भएका छन्, ती कमजोरीलाई थाँती राख्दै निर्वाचन पश्चात् सुल्झाउने प्रयास हुन्छ ।”
नेता कोइरालाले वर्तमान सरकार पाँच वर्ष चल्ने बताउँदै अहिलेकै सरकारले मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउने बताए । भ्रष्टाचारमुक्त समाज, पारदर्शीता, जवाफदेहीता, जनताप्रति उत्तरदायित्व र सुशासनका लागि आफूहरू प्रतिबद्ध रहेको नेता कोइरालाले बताए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसभित्र त्रुटी कमजोरी भए पनि कांग्रेस सुधार्न सङ्कल्प बोकेर आफूहरू लागि परेको बताए । कांग्रेसबाट अवसर लिएका भागेकाले देश बनाउन नसक्ने पौडेलको भनाइ थियो । नेकपा 'एकीकृत समाजवादी' का केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठले उपनिर्वाचनका सन्दर्भमा तनहुँका जनतालाई भ्रममा पार्न खोजिएको भन्दै भ्रममा नपर्न आग्रह गरे ।–––
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार