४० वर्षयता किन मदिरा पिउँदैनन् अमिताभ ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८० मंगलबार ११:१८:३३
५ वैशाख, मुम्बई । फिल्मको पर्दामा मदिराले मातेको अभिनय गर्ने अभिनेता अमिताभ बच्चन कुनै समयमा वास्तविक जीवनमा पनि त्यसरी नै मात्थे । उनी मदिरा प्रेमी नै थिए । फिल्ममा विन्दास किसिमले मदिरा पिउने अमिताभ वास्तविक जीवनमा पनि उसरी नै मस्त पिउँथे ।
अमिताभ वास्तविकतामा मदिरा र चुरोटको शौखिन नै थिए । कलेज जीवनमा अमिताभलाई चुरोट र मदिराको आदत नै थियो । जुन समयमा उनी फिल्ममा जोडिएका थिएनन् । उनले एक ब्लगमा यी कुराको खुलासा गरेका छन् ।
‘ममाथि मदिरा र चुरोटको आदत यति बस्यो कि मैले अगाडि केही पनि देख्न छोडेको थिएँ । यद्यपि कलेजको प्रयोगात्मक ल्याबमा एक यस्तो घटना भयो, जुन घटनाका कारण मैले वास्तविक जीवनमा मदिरा र चुरोट छोडें’, उनले लेखेका छन् ।
कलेजको अन्तिम सेमेस्टरमा जब अमिताभ अन्तिम परीक्षा दिन कलेज पुगे, त्यहाँ उनले प्रयोगात्मक ल्याबमा एक प्रयोग गर्नुपर्ने थियो । अमिताभको दिमागमा त्यहाँ पनि मदिराको नशा चढ्यो र दिमागमा एक नराम्रो काम गर्नु योजना बन्यो । अमिताभले साथीहरुसँग मिलेर केमेष्ट्रि ल्याबमा राखिएको एक विशुद्ध मदिरा पिए । त्यसपछि उनीहरुले त्यहाँ हंगामा नै गरे । जुन कामबाट लज्जित भएर अमिताभले सदाका लागि मदिरा छोड्ने निर्णय लिए ।
विशुद्ध मदिरा पिएपछि अमिताभ र उनका साथीहरु पूर्ण रुपमा अस्वस्थ भए । त्यहीकारण ४० वर्षदेखि अमिताभले मदिरालाई छोएका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसलमान खानको सिकिन्दरले तोड्यो शाहरुख खानको रेकर्ड
पुष १६, २०८१ मंगलबार
सन् २०२४: बलिउडमा घटेका चर्चित घटना के के हुन् ?
पुष १५, २०८१ सोमबार
२० वर्ष पछि 'नो इन्ट्री' को सिक्वेल, पुराना कलाकार कोही नहुने
पुष १०, २०८१ बुधबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच २ घण्टा भेटवार्ता
पुष १८, २०८१ बिहिबार
ढुम्रु गीत गाउँदै
पुष १८, २०८१ बिहिबार
सिरियाली सेनाद्वारा होम्स शहरमा घेरा बन्दी
पुष १८, २०८१ बिहिबार
विमानस्थल यातायात चालकको बोली र व्यवहार राम्रो हुनुपर्छ: पर्यटन राज्यमन्त्री
पुष १८, २०८१ बिहिबार